Breaking News

तपाईको भाग्य कस्तो हेर्नुहोस् २०७२, चैत महिनाको तपाईंको राशिफल

Feb Tue 2020 05:40:30

387 views

तपाईको भाग्य कस्तो हेर्नुहोस् २०७२, चैत महिनाको तपाईंको राशिफल

मासिक राशिफल – २०७२, चैत महिनाको तपाईंको राशिफल

मेषराशि मेष राशिको लागि यो महिना सूर्य राशिको मध्यम प्रभाव रहने भएकोले सामान्यतया मध्यम फलि रहने छ । तर मंगल र शनिको प्रभाव भने शरीर र मानसिक रोग प्रदायक रहने छ । तपार्इंको खुसीमा कसैको असहयोग रहन सक्छ । न्यायिक काममा अवरोध होला साथै राजनीतिमा त्यति सन्तोषजनक परिणाम नआउला । अरुको देखासिखीमा गरेका काम ब्यर्थ जाने छन् । मित्रता पनि कमजोर मोडमा पुग्ने छ । तर सत्कार्यको लागि यो महिना कुनै बाधक रहने छैन । मेहनत पसिनाले आर्जन गरेको धनको भने उचित प्रयोग हुनेछ । लुच्चा, लाफङ्गाको सङ्गतबाट हमेसा टाढा रहनु हितकर हुनेछ । मानवताको लागि केही गर्ने सोच प्रवल हुनेछ । महिनाको पहिलो साता, धेरै कुराको लागि उत्तम रहने छ । सामान्य स्वास्थ्यमा प्रतिकुलताको बीच पनि सोचेका काम बन्लान् । राजनीति र सामाजिक कममा लाग्ने बेला छ । न्यायमा आफूलाई लाभ हुनेछ । साहसिक काममा भने आफू तल परिने छ । मौकाको सदुपयोग गर्ने सन्दर्भमा भने अग्र पङ्तिमा नै रहिने छ । तपार्इंको विचारसँग असहमत हुनेहरुबाट पनि राम्रो प्रतिफल पाइने छ । दोस्रो साता, केही उतारचढावयुक्त रहला । अधिक मेहनत पश्चात मात्र कार्य सफलता हुनेछ । बैदेसिक काम बन्ने छ । सार्थक विषयमा तपार्इंको लगानी सम्भव रहने देखिएको छ । पारिवारिक झगडाले स्थान लिनेछ । विचारमा तल परिने र अरुको आलोचना खानु पर्ने हुनेछ । रोजगारीका अवसर पाइने छन् । कार्यक्षेत्र विवाद रहित बन्ने देखिएको छ । लामो दुरीको यात्रा सम्भव रहने छ । तेस्रो साता, मेहनत अनुसारको प्रतिफल हात पर्नेछ । औधोगिक प्रयोजनको लागि गरिने प्रयास सफल हुनेछ । ब्यापार लाभ होला । घरमा शुभ काम सम्पन्न हुनेछ । विवादित कुराको अन्त्य हुनेछ । कार्य क्षेत्र सोचेको भन्दा राम्रो हुनेछ । महिनाको अन्तिम साता, केही विवादयुक्त रहेपनि धेरै जसो काम बन्ने छन् । परिवारमा केही राम्रा काम बन्ने छन् । धार्मिक आस्था बढ्ने छ । सौखिन कार्यमा अधिक खर्च होला । समग्रमा यो महिना मध्यम फलि रहने छ । यो महिनाको ०२, ०५, ०९, ११, १२, १७, २१, २७, २८ र २९ गते विशेष दिन रहने छन् । राशि स्वामी – मंगल,  शुभ रत्न – मुँगा, शुभ दिशा – पूर्व,  शुभ रंग –– रातो,  शुभ अंक – ०१ ।

वृष राशि तपार्इंको राशि सूर्य राशिबाट शूभ प्रभावमा रहेकोले सामान्यतता सुखद नै रहने छ । महिनाको अधिकतम समय सामाजिक काममा बित्ने छ । व्यक्तिगत कामना पुरा हुनेछन् । शैक्षिक क्षेत्रको लागि विशेष समय रहेको छ । कार्य व्यस्तता रहेपनि सोचेको कामना हुबहु पुरा गर्न भने सकस पर्नेछ । आफ्ना कमीकमजोरीबाट फाइदा लिनेहरु भेटिने छन् । भोलिको लागि केही राम्रो सोच राखेर गरिने काम बन्ने छन् । मितेरी सम्बन्ध प्रगाढ हुनेछ । विचारले तपार्इंलाई जिम्मेवार बनाउने छ । नीति र नेतृत्वप्रति इमान्दार भए राजनीति तपार्इंको पक्षमा हुनेछ । गुमेको धन सम्पत्ति पुन हात लाग्ने छ । महिनाको पहिलो साता,  तिर्थ व्रत र धार्मिक कामको लागि अति उत्तम रहने छ । विवादित कुरामा नलागेको राम्रो । ब्यर्थका झमेलाले मानसिक चिन्ता हुनेछ । तपार्इंको प्रगतिलाइ देखेर आत्तिनेहरु भेटिने छन् । कार्य क्षेत्र केही विवादयुक्त रहला । प्रकृतिको बाधा बनिरहने छ । राजनीति क्षेत्रमा राम्रो पकड रहेपनि अन्त्यमा आफू तल परिएला । संचार र यातायात क्षेत्रमा लगाव हुनेछ । कला प्रति ध्यान जानेछ । मंगलको क्रुर दृष्टी र शनि ग्रहको पाप दृष्टी तपार्इंको जीवनमा केही घात प्रभाव दिन सक्ने छ । लामो दुरीको यात्रा सम्भव रहने देखिएको छ दोस्रो साता,  आफन्तसँग चिसिएको सम्बन्ध सुधार हुनेछ । ब्यापार फस्टाउने छ । राजनीति र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । चाहिने भन्दा बढी मेहनत पश्चात मात्र कार्य सिद्धि हुने योग रहेको छ । सिद्धान्तमा केही कमजोर परिने पनि योग छ । लामो दुरीको यात्रा सम्भव हुनेछ । तेस्रो साता,  मान सम्मान र प्रतिष्ठाको लागि उत्तम समय रहेको छ । तपार्इंको नैतिकता माथि अनावश्यक कुराहरु उठ्न सक्ने छन् । अरुको भरमा निर्णय लिने कुराले आफू तल परिन सक्ने छ । कार्य क्षेत्र भने सोचेको भन्दा राम्रो रहला । महिनाको अन्तिम साता,  सबै काम बन्ने छन् । परिवारमा केही शुभ काम सम्पन्न हुनेछन् । बेरोजगारीको अन्त्य हुनेछ । समग्रमा यो महिना उत्तम रहेको छ । महिनाको ०१, ०५, ०७, ०८, ११, १४, १९, २२, २५ र २९ गते विशेष दिन रहेका छन् । राशि स्वामी –शुक्र,  शुभ रंग – सेतो,  शुभ रत्न – हिरा,  शुभ दिशा – दक्षिण, शुभ अंक – ०२ ।

मिथुन राशि गुप्त शत्रुको भय रहने छ । व्यक्तिगत कामको लागि यो महिना केही कमजोर रहने छ । सामुदायिक तथा सहकार्यमा हुने अधिकतम काम पुरा हुनेछ । कलाकारिता र रचनात्मक कामको लागि समय उपयुक्त फलि रहने छ । यात्रा र भेटघाटका कुरामा, आपसी असमझदारी हटाउने कुरामा र दीर्घकालिन सोचका कुरा लागु गर्ने कुरामा पनि यो महिना शूभ प्राय रहने छ । नैतिकताको सवालमा भने केही कमजोर रहने छ महिनाको पहिलो साता,  नयाँँ कामहरु बन्ने छन् । कार्य क्षेत्र उतार चढावयुक्त बन्ने छ । सिमित क्षेत्रमा लगानीको योग छ । ब्यापार, ब्यवसायमा लगानी हुनेछ । उद्योग धन्दा फस्टाउला । पारिवारिक जिम्मेवारी बढ्ने छन् । दोस्रो साता,  सृजनसिल काममा लगानी हुनेछ । तपार्इंको भर गर्नेहरु बढ्ने छन् । मौकाको सही सदुपयोग गर्ने सन्दर्भमा सफल भइने छ । कसैले तपार्इंलाई प्रयोग गर्न सक्छ सावधान रहनु होला । नैतिक कुरामा भने तपार्इंको जित अवश्य हुनेछ । न्यायिक कुरामा आएका समस्या दुर हुनेछन् । मानसिक शान्ति भएको अनुभूति हुनेछ । कलाको सहि प्रयोगबाट नसोचेको प्रतिफल पाइने छ । हित चाहनेहरुको मन जित्न सकिने छ । परिवारमा देखिएका झमेलाको अन्त्य र नयाँँ कामको थालनी हुनेछ । सबैको साथ पाउँदा पाउँदै पनि आफ्नै कारण अधिक प्राप्त गर्न भने आसफल भइने छ । कार्य व्यस्तताको बीच पनि धार्मिक काममा तपार्इंको लगाव बनिरहने छ । तेस्रो साता,  मानवीय सहकार्यमा प्रगति हुनेछ । मित्रको साथ पाइने छ । तपार्इंको व्यवहारबाट अरुले केही कुरा सिक्ने छन् । प्राकृतिक रुपमा तपाईलार्इ सहयोग हुनेछ । इमान्दार व्यक्तिको सहयोगले धेरै कुरा पुरा हुनेछन् । महिनाको अन्तिम साता,  केही विवादमा रहेका कुराको अन्त्य हुनेछ । परिवारमा अचल सम्पत्ति सम्बन्धी बाधा दुर हुनेछन् । मातृभूमिको लागि केही गर्ने कसम खाइने छ । समग्रमा यो महिना उपलब्धिमुलक नै रहने छ । महिनाको ०१, ०३, ०७, १०, १४, १७, २१, २४, २७ र ३० गते विशेष लाभदायक रहने छन् । राशि स्वामी – बुध,  शुभ रंग – हरियो,  शूभ रत्न – पन्ना,  शुभ अंक – ०६,  शुभ दिशा – पश्चिम ।

कर्कट राशि केही अनिश्चयताको बीच पनि जीविकोपार्जनका उपाय पत्ता लाग्ने छन् । तपार्इंको चलायमान र प्रगतियुक्त सोचले अरुलाई पनि आकर्षित बनाउने छ । भोलिको लागि सोच राखेर गरिने कतिपय काम सफल हुनेछन् वैवाहिक जीवनको लागि राम्रा योजना बन्ने छन् । भविश्यको चिन्ताले सताउने छ । राजकाजका कुरामा तपार्इंको सहभागिता बन्ने देखिएको छ । मार्गदर्शन गर्नेहरुको कारण तपार्इंको जीवनमा नयाँ क्रान्ति आउने छ । महिनाको पहिलो साता, अधिक श्रम पश्चात कार्य सफल हुनेछ । भागदौड र अधिक मेहनत पस्चात पनि कार्य ढिलो गरी सम्पन्न हुनेछ । कार्य व्यस्तताको बीच गरिने कामले सहज निकास दिनेछ । रमाइला प्रसँगमा अधिक धन व्यय होला । बोलीको कारण हुने ब्यापार बिग्रने छन् । दोस्रो साता,  कार्य क्षेत्र बजबुत बन्ने छ । आफ्नो बलबुतोमा कार्य सिद्ध गरिने छ । विवादित कुराले मानसिक अशान्ति भएपनि प्रगति मार्गमा कुनै बाधा हुने छैन । सिमित कामनाको कारण तपाईंका सोच पुरा हुनेछन् । ब्यर्थका यात्राहरु पनि सम्भव हुनेछन् । बैदेसिक काम बन्ने छ । कार्य क्षेत्र केही उत्साह दिनेवाला रहने छ । तेस्रो साता,  आफ्ना बढी आकांक्षाका कारण सोचहरु अधुरा रहलान् । मित्रको भर नहुने र परिवारमा बेमेल हुने समय छ । केही झुठा आरोपको सामना गर्नु पर्नेछ । कृषि तथा पशुपालन व्यवसाय सोचेको भन्दा राम्रो फल दिनेछ । मित्रको कुरा नमान्दा पछुतो हुनेछ । अन्त्यमा गएर भएपनि परिक्षामा तपार्इंको जित अवश्य हुनेछ । महिनाको अन्तिम साता,  सबै कुराको लागि उत्तम रहने छ । राजनीतिमा अघि बढ्न सफल भइने छ । रोक्किएका काम बन्ने छन् । मित्रता दिगो रुपमा अघि बढ्ने छ । मौकामा सहि निर्णय लिन सक्ने कोसिसले सफल भइने छ । तपाईंलार्इ लागेका झुठा आरोप निराधार सावित हुनेछन् । धार्मिक र सामाजिक कामको लागि उत्तम वातावरण बन्ने छ । निश्चित समयको लागि तपाईंलार्इ साथ दिने मित्रहरुको सहयोग पाइने छ । समग्रमा यो महिना मध्यम फलि रहने देखिएको छ । महिनाको लागि ०१, ०२, ०४, ६, ०९, ११, १३, १७, १८, २१, २२, २५, २७ र २८ गते विशेष दिन रहलान् । राशि स्वामी – चन्द्रमा,  शुभ रंग – सेतो,  शुभ रत्न – मोति,  शुभ अंक –०४,  शुभ दिशा – उत्तर ।

सिंह राशि यो समय दीर्घकालीन सोचका कामको लागि उत्तम रहने छ । तपार्इंको विचारप्रति असहमत हुनेहरुको मार्गबाट पनि निकै लाभ हुने देखिएको छ । तर बोलीको कारण भने चुकिने या बोलीको गलत अर्थ लाग्ने समय रहेको छ । माया पिरतीको लागि यो महिना विशेष रहने छ । सिप, कलाको माध्यमबाट अरुलाई आफूतिर आकर्षण गर्न सफल भइने छ । विचारको र सिद्धान्तमा एकरुपता आउँदा न्यायिक रुपमा भने माथि परिने छ । महिनाको पहिलो सातातिर,  केही नयाँ कामको लागि उत्तम समय रहेको छ । वैज्ञानिक र परम्परागत सोचलाई एक ठाउँमा राखी दुबैको बारेमा जान्न खोज्ने कुराले तपार्इंलाई सफल बनाउने छ । केही ब्यर्थका व्यक्ति पनि तपार्इंको साथ आउने छन् तर तापको कार्य कौसलताले सबैलार्इ आकर्षण गर्न सकिने छ । दोस्रो साता,  प्रगतियुक्त रहने छ। कार्य क्षेत्र विशेष लाभ दिन सक्षम हुनेछ । आफ्नो स्वतन्त्र विचारलाई अंगालेर अघि बढे कुनै व्यवधान बेगर कार्य सफल हुनेछ । तपार्इंको निरन्तरको प्रयास अन्त्यमा गएर काम लाग्ने छ । इच्छित कार्य सफल हुनेछ । बेला मौका देखिने असमझदारीले फाईदा भने अरुलाई हुनेछ । तेस्रो साता,  सामाजिक कामको लागि उत्तम रहने छ । विचारलाई सहि सदुपयोग गर्ने शक्ति मिल्ने छ । लामो दुरीको यात्रा सफल हुनेछ । रोजगारीका अवसर प्राप्त हुनेछन् । अरुलाई साथमा लिएर जान सक्ने खुबीले तपार्इंलाई सफल बनाउने छ । व्यक्तिको अधिकारको लागि तपार्इंको लडाई जारी रहने छ। महिनाको अन्तिम साता,  केही उतार चढाव दिनेवाला छ । प्रगतिको लागि तपाईंले थालेको अभियानमा सबैको साथ रहने छ । कार्य क्षेत्र विशेष लाभकारक बन्ने छ । तार्किक क्षमताले राजनीति क्षेत्रका लागि विशेष लाभ गर्ने छ । कला, साहित्य र रचनात्मक कामको लागि पनि यो साता उतम रहेको छ । समग्रमा यो महिना उत्तम प्राय बन्ने छ । महिनाको ०१, ०६, ०७, ०९, १२, १५, १७, १८, २३, २४, २५,  २९ र ३० गते विशेष रहने छन् । राशि स्वामी – सूर्य,  शुभ रंग – रातो,  शुभ रत्न – माणिक्य,  शुभ दिशा – पूर्व,  शुभ अंक – ०१ ।

कन्या राशि अरुको लागि भएपनि केही राम्रो गर्ने सोच बनाइने छ । समय आफू अनुकुल बन्दै आइरहेको छ । विचार पवित्र हुने र व्यवहारमा पारदर्सी बनिने भएकोले सबैको साथ पाइने छ । नित्य कार्यमा केही परिवर्तन हुनेछ । उद्योग, ब्यापारका लागि लगानीका अवसर प्राप्त हुनेछन् । सिमित स्रोतको सहि उपयोगद्वारा अधिक लाभ कमाइने छ । अपत्यारिलो लाग्दो योजनाले तपार्इंको कल्याण गर्नेछ । आफन्तको कारण सृजित माहोलको सहि सदुपयोग गरिने छ । विचारलाइ सहि रुपमा प्रयोग गरी भोलिको लागि आफ्नो बाटो सुनिस्चित गर्ने बेला आएको छ । महिनाको पहिलो साता,  उतार चढावको बीच पनि कार्य सिद्ध हुनेछ । मेहनतको उचित प्रतिफल पाइने छ । तपार्इंको हित चाहनेहरु भेटिने छन् । पशुपालन व्यवसाय फस्टाउने छ । बेरोजगारको लागि यो साता अचानक अवसर आउने छन् । पढाई, लेखाइ र शास्त्र अध्ययन आदिमा विशेष रुची हुनेछ । न्यायिक कामको लागि यो साता कमजोर रहेको छ । कला तथा साहित्य प्रति पनि निराश रहनु पर्ने हुनेछ । दोस्रो साता, मध्यम रहेपनि केही रोचक बन्ने छ । घरमा शूभ कामको सिद्धि हुनेछ । लामो समयबाट प्रतिक्षित काम बन्ने छ । रोजगारको अवसर मिल्ने छ । व्यक्तिगत कामना पुरा हुनेछन् । सन्तान मर्गबाट शूभ समाचार सुन्न पाइने छ । भोलिको लागि सोच राखेर गरिने हर काम पुरा हुनेछन् । सिमित कामको घेरामा लागे बनेको बनि बिग्रेला । तेस्रो साता,  केही अनौठो रहने छ । विश्वास नगरेको मान्छे तपाईंको साथ पाउँदा छक्क परिने छ । सृजनसिल काम भन्दा मेहनत युक्त काम बन्ने छन । घरमा केही शूभ काम बन्ने छन् । निच व्यक्तिको सहयोग लिनु भन्दा नलिनु राम्रो । राजनीतिमा अनौठा घटना आइलाग्ने छन् । प्रगति मार्गमा सोचेको व्यक्ति काम नलाग्ने देखिएको छ । महिनाको अन्तिम साता,  स्वास्थ्यका हिसावले कमजोर रहने छ । हातमा आइ सकेको अवसर गुम्न सक्ने छ । विपरित समयमा पनि मित्रको भने साथ बनिरहने छ । कार्य व्यस्तताको बीच पनि दीन दुःखीको सेवामा समर्पित भइने छ । दीर्घकालिन सोचका काम बन्ने छन् । आत्मियजनको साथ जरुर मिल्ने छ । अपराजित तपार्इंको यात्रा जारी रहने छ । समग्रमा यो महिना उत्तम रहेको छ । महिनाको ०२, ०५, ०८, ११, १३, १६, १८, २०, २५, २६, २७ र २९ गते सर्वकार्य सिद्धिको लागि उत्तम दिनहरु रहलान् । राशि स्वामी – बुध,  शुभ रंग – हरियो,  शुभ रत्न – पन्ना,  शुभ अंक – ०६,  शुभ दिशा – दक्षिण ।

तुला राशि महिना अति उत्तम रहेको छ। धेरै जसो सोचेका काम बन्ने छन् । स्वास्थ्यमा लाभ हुनेछ । बैदेसिक कामको लागि पनि समय उत्तम रहने देखिएको छ । कार्य व्यस्तताको बीच धर्म कर्ममा लागि रहने प्रेरणा मिल्ने छ । सन्तान मार्गबाट सोचेको भन्दा राम्रो परिणाम पाइने छ । व्यक्तिगत चिन्ताको अन्त्य हुनेछ । बेरोजगारी अन्त्यसँगै व्यस्तता बनिरहने छ । भाग्यवल उँचा रहने र मनोवान्छित काम सिद्ध हुने योग छ । महिनाको पहिलो साता,  विद्या,  बुद्धिको प्रयोगद्वारा अधिक लाभ कमाइने छ । आफूमा आएका सैद्धान्तिक परिवर्तनले साथीहरु ससंकित हुनेछन् । केही कमजोर सोचले आलोचित भइएला । तर कार्यक्षेत्र अरु जिम्मेवार बनेर आउने छ । निस्चित कामको लागि यात्रा होला । रमणीय स्थान भ्रमण योग रहेको छ । जलकारक बस्तुको प्रयोग गर्दा सावधान रहनु पर्नेछ । मित्रता चमकदार रहने छ । भाइ, बन्धुको उचित सहयोग पाइने छ । दोस्रो साता,  सामाजिक कामको लागि उत्तम समय रहेको छ । भेटघाट र भलाकुसरीबाट ठुलो समझदारी बन्ने छ । प्रगतिलाई साथ दिने तपाईंका आफन्तका कारण सम्वृद्धि हासील गरिने छ । बिना कारण अरुको आरोप खेप्नु पर्दा मानसिक रुपमा अशान्ति हुनेछ । भोलिको लागि सोच राखेर गरिने कामले सफल बनाउने छ । गुमेको धन पाइने छ । तेस्रो साता,  गुप्त शत्रुको भय रहेको छ । कार्य क्षेत्रमा अनेक झमेलाको सामना गर्नु पर्नेछ । अनैतिक व्यक्तिले गर्दा राम्रो गर्दा पनि नराम्रो परिणाम आउन सक्छ । लामो समयबाट हुन नसकेका काम बन्ने छन् । कार्य व्यस्तताको बीच पनि आफन्तको लागि समय छुट्याइने छ । मितेरी सम्बन्धले उत्साह थप्नेछ । मार्गदर्शन गर्नेहरुको कारण नबन्ने काम बन्ने छ । महिनाको अन्तिम साता, भने सबै कुराको लागि उत्तम रहने छ । आफन्तमा केही नयाँ कार्यहरु सम्पन्न हुनेछन् । बैवाहिक जीवनको लागी केही नयाँ खुसी थपिने छ । ताकेका काम बन्ने छन् । सरकारी कामको लागि पनि यो साता मध्यम रहने छ । आर्थिक पाटो सोचेको भन्दा राम्रो रहने छ । समग्रमा महिनाको ०१, ०२, ०४, ०६, ०७, ११, १४, १६, १९, २२, २५, २६, र २७ गते विशेष दिन रहने छन् । राशि स्वामी – शुक्र,  शुभ रंग – सेतो,  शुभ रत्न – हिरा,  शुभ अंक – ०७,  शुभ दिशा – पश्चिम ।

बृस्चिक राशि आफ्ना निकट ब्यक्तिसँगको सम्बन्धले नयाँ उचाई प्राप्त गर्नेछ । वैधानिक रुपमा तपाईंले गरेको कामले मान्यता पाउने छ । सरकारी र गैर सरकारी दुवै कामको लागि यो महिना उत्तम सिद्धि दिनेवाला छ । नैतिक रुपमा तपार्इंको स्थिति उँचा रहला । परिवारको लागि दिलोज्यान दिँदा पनि जस भने पाइने छैन । कार्य क्षेत्रमा केही राम्रा क्षणहरु पाइए पनि दिगो रुपमा अघि लान भने अलि गार्हो पर्नेछ । महिनाको पहिलो साता,  शैक्षिक गतिविधिको लागि विशेष रहने छ । मार्गदर्शन गर्नेहरुको अभावमा कर्तब्य हिन बन्न सकिने छ । जोस र कलाले अघि बढ्ने बेला आएको छ । निस्चित समयको लागि तपाईंले गरेका कामहरु पुरा हुनेछन् । पेशा, व्यवसाय प्रति तपार्इंको लगाव उँचा रहने छ । दोस्रो सातातिर,  आर्थिक कारोवार सफल हुनेछ। तपार्इंको बोली व्यवहार प्रति भने अरुले सवाल उठाउने छन् । बैदेसिक काम सफल हुनेछन् । चिन्ताको कारण आफ्नो असक्षमता हुन सक्छ । स्वस्थ्य सम्बन्धी समस्या आइ पार्लान् । सानो, तिनो कुराले गर्दा परिवारमा झमेला हुने देखिएको छ । तेस्रो साता,  खुसीयुक्त रहने छ । कानुनी कुराहरुको लागि अति उत्तम समय रहेको छ । तपार्इंको सानो कुराले अरुको भलो गर्नेछ । व्यक्तिगत चिन्ताको समय रहने छ । सामुदायिक काम भने बन्ने छन् । तपार्इंको काम गर्ने शैलीले सबैको मन जित्न सकिने छ । कला, साहित्य क्षेत्रको लागि तपार्इंको ठुलो योगदान रहने छ । प्राकृतिक रुपमा विपद पनि आइलाग्ने छन् । विचार सुन्यताले गर्दा निर्णय लिन गार्हो हुनेछ । भोलिको लागि सोच राखेर गरिने हर काम बन्ने छन् । शरीरमा आलस्यता र काममा ढिलासुस्ती बनिरहने छ । महिनाको अन्तिम साता,  भने सबै कामको लागि उत्तम रहने छ । अरुलाई गरेको सानो सहयोगबाट ठूलो प्रतिफल पाइने छ । पारिवारिक जिम्मेवारी पाइने छ । कृषि तथा पशुपालन व्यवसाय सोचेको भन्दा राम्रो रहने छ । केही साना आरोपले तपार्इंको मानमा हानी गर्न सक्ने छ । शैक्षिक क्षेत्रमा विशेष साता रहने देखिएको छ । लामो दुरीको यात्रा सम्भव हुनेछ । आय आर्जनका स्रोत बढ्ने छन् । साताको अन्तिम तिर सभा, सम्मेलन आदिमा भाग दिने मौका मिल्ने छ । समग्रमा महिना उत्तम रहेको छ । महिनाको ०२, ०३, ०५, ०८, ११, १७, २१, २३, २६, २७ र २९ गते विशेष दिनहरु रहेका छन् । राशि स्वामी –मंगल,  शुभ रंग – रातो,  शुभ रत्न – मुँगा,  शुभ दिशा – उत्तर,  शुभ अंक – ०८ ।

धनु राशि यो समय आध्यात्मिक ज्ञान प्राप्तिको रहेको छ । मानसिक शान्तिको लागि गरिने अनुष्ठान सफल हुनेछन् । धार्मिक यात्राहरु सफल हुनेछन् । कार्य व्यस्तताले गर्दा व्यक्तिगत र पारिवारिक कुरा पुरा गर्न असमर्थ भइनेछ । सामुदायिक कामको लागि उत्तम महिना रहेको छ । बैदेसिक काम सम्पन्न हुनेछन् । हातमा अनेक अवसर आए पनि स्थायित्व हुन भने गाह्रो हुनेछ । महिनाको पहिलो साता,  केही उतार चढाव दिनेवाला रहेको छ । कार्य व्यस्तता बनिरहने छ । शैक्षिक क्षेत्रको लागि विशेष रहेको छ । सभा, सम्मेलनमा भाग लिने मौका छ । परीक्षा, प्रतियोगिताको परिणाम सोचेको भन्दा राम्रो आउने छ । विशेष योजनाका कामहरु पुरा हुनेछ । लामो समयबाट रोक्किएका काम बन्ने छन् । सिमित कामनाले गर्दा धेरै अवसर भने गुम्न सक्ने छन् । दोस्रो साता,  साहित्य कला र तार्किक क्षमताको हिसाबले अब्बल रहने छ । प्रकृतिको साथ पाइने छ । घरमा केही शूभ कमा सम्पन्न हुनेछ । सामाजिक कामको लागि पनि उत्तम रहेको छ । मनमा अनेक सोच र चाहना हुँदा हुँदै पनि भिन्नै निर्णयमा पुग्नु पर्ने बाध्यता आउन सक्ने छ । भोलिको लागि सोच राखेर थालनी गरेका काम पुरा हुनेछन् । केही झुठा आरोप मद्धा लागेपनि आफ्नै सुझबुझका कारण मिथ्या सावित गरिने छ । अभिभावकको कुरा नसुन्दा पछुताउनु पर्ने हुनेछ । लामो दुरीको यात्रा सम्भव हुने योग छ । तेस्रो साता,  धन मान र सम्मानको हिसावले उत्तम रहेको छ । जिम्मेवारी पुरा गर्न नसक्दा आलोचित हुनुपर्ने छ। मौखिक रुपमा गरिने आस्वासन तपार्इंको लागि हितकर हुने छैन । पुरा कोसिस गर्दा पनि काम अधुरै रहला व्यक्तिगत टकरावको स्थितिले कसैलाई पनि लाभ गर्ने छैन । महिनाको अन्तिम साता,  केही अन्योल रहने छ । अचानक धन गुमाउनु पर्ला । तपार्इंलाई प्रयोग गरी अरुले नाजायज फाइदा उठाउने छन् । सिमित कामना मात्र पुरा हुनेछन् । गुमेको धन प्राप्तिको लागि यो समय उत्तम रहेको छ । समग्रमा यो महिना उत्तम रहने छ । महिनाको ०३, ०४, ०६, ०८, ११, १३, १५, १७, २१, २३, २४ र २५ गते विशेष रहने छन् । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पहेँलो,  शूभ रत्न – पुष्पराज,  शुभ अंक – ०४ शुभ दिशा – पूर्व ।

मकर राशि मकर राशिको लागि सूर्य शूभ स्थानमा विराजमान रहकोले तपार्इंको यो महिना उत्तम फलि रहेन छ । कार्य क्षेत्रमा जिम्मेवारी थपिने छ । समय आफू अनुकुल हुँदा हुँदै पनि निर्णायक क्षमताका कारण पछिपरिने भय रहेको छ । अभिभावकको कुरालाई ध्यान दिन नसक्दा काम गर्न अलि गार्हो पर्नेछ । कुल, कुटुम्बको लागि निकै ठुलो त्याग गर्न पनि पछिपरिने छैन । आर्थिक कार्यमा तपाईंले लिएको निर्णय दिगो रहने छ । सार्थक कार्यको लागि तपार्इंको साथ परिवारले अपेक्षा गर्ने छन् र त्यसमा तपाईं सफल हुनु हुनेछ । तपार्इंको प्रगतिको लागि परिवारको पनि भूमिका उत्तिकै रहने देखिएको छ । महिनाको पहिलो साता,  सबै कुराको सिद्धिको लागि उत्तम रहेको छ । सानो गल्तीको पश्चात पनि कार्यमा खासै हानी हुने छैन । परीक्षा आदिको परिणाम सोचेको भन्दा राम्रो आउने छ । बोली र वचनमा सुद्धता रहने छ । कार्य क्षेत्र सफल बन्ने छ । भाग्यले साथ दिनेछ । पशुपालन र कृषि सम्बन्धी कुरामा तपार्इंको सफलता निकट रहने छ । लामो समयको अन्तराल पछि नबनेका काम बन्ने छन् । दोस्रो साता,  केही कमजोर रहने देखिएको छ । स्वास्थ्य सम्बन्धी बाधा देखा पर्ने छन् । मानसिक शान्तिको लागि गरिने प्रयास असफल हुनेछन् । व्यक्तिगत जिम्मेवारी पुरा हुने र पारिवारिक चाहनाहरु अनुसार काम गर्ने बेला रहेको छ । नैतिकताको विषयमा विशेष चासो राखिने छ । सन्तान मार्गबाट केही राम्रा कुरा सुन्न पाइने छ । लामो दुरीको यात्रा कस्टकर बन्ने छ । भाग्यको साथ रहेपनि कार्य कौसलतामा कमजोर भइने छ । तेस्रो साता,  व्यक्तिगत विषयमा झमेला होला । श्रम अनुसार दाम नपाउँदा काम गर्ने जाँगर मरेर आउने छ । पढाइ, लेखाइ प्रति अरुचि हुनेछ । विवादित कुरामा नबोलेको राम्रो हुनेछ । व्यक्तिगत सिमा भन्दा टाढा जान खोजे दण्डित भइने छ । महिनाको अन्तिम साता,  केही मानसिक तनाव झेल्नु परे पनि बाँकी काम पुरा हुनेछन् । शैक्षिक क्षेत्रमा तपाईंले लिएको अडान सहि सावित हुनेछ । यान्त्रिक विधिद्वारा गरिने हर काम सफल  हुनेछन् । कार्य व्यस्तताले गर्दा पारिवारिक तनाव बन्ने योग रहेको छ । परिवारमा केही शूभ काम भने सम्पन्न होलान् । समग्रमा महिनाको ०२, ०४, ०६, ०८, १०, १२, १६, १८ २१ २३, २५, २७ र ३० गते विशेष लाभदायक रहने छन् । राशि स्वामी – शनि,  शुभ रंग – कालो,  शुभ रत्न – निलम,  शुभ अंक – ०७,  शुभ दिशा –– दक्षिण ।

कुम्भ राशि यो महिना बहुआयामिक कार्य सिद्धिको लागि उत्तम रहेको छ । राजनीतिमा पद प्रतिष्ठा बढ्ने छ । सरकारी काम बन्ने छन् । ढिलै भएपनि सोचेका काम बन्ने छन् । गुमेको धन पाइने छ । परिवारमा केही राम्रा कामको थालनी हुनेछ । शैक्षिक क्षेत्रमा लगानीको वातावरण बन्ने छ । मित्रता अरु दिगो हुनेछ । सामाजिक कामको लागि उत्तम समय हुनेछ । गाडी, वाहन र अलंकारको कुरामा लगाव हुनेछ । आफ्नाहरुको साथ नपाए पनि मित्रको उचित साथ पाइने छ । सौखिन बस्तुको ब्यापार अति शूभ हुनेछ । महिनाको पहिलो साता,  व्यक्तिगत कार्य सिद्धिको लागि उपयुक्त रहेन छ । विद्वानजनको सामिप्यता मिल्ने छ । विषम समयमा पनि धैर्य गर्ने शक्ति प्रवल हुनेछ । मानवीय कार्यको लागि गरिने प्रयास सफल हुनेछन् । कला, साहित्य क्षेत्र प्रति लगाव हुनेछ । भोलिको लागि सोचेर चिन्तित बनिने योग रहेको छ । आफ्ना कमिकमजोरि लुकाउने कुराले तपार्इंको प्रतिष्ठा अझ कमजोर बन्न सक्ने छ । शैक्षिक क्षेत्र लगानीको लागि उपयुक्त क्षेत्र बन्ने छ । सोच विचार नगरी गरेको निर्णयले पछुताउनु पर्ने हुन सक्छ सावधान रहनु होला । दोस्रो साता,  सबैको हित अनुसार चल्न सक्ने तपार्इंको खुबीको सराहना मिल्ने छ । प्रेम मार्गमा समस्या आउन सक्ने छ । निरन्तरको प्रयासले सफल भइने छ । सामाजिक क्षेत्र प्रति तपार्इंको लगाव हुनेछ । साहसिक क्षेत्रमा लगानी होला । आर्थिक क्षेत्रमा नयाँ अवसर हात लाग्ने छन् । तेस्रो साता,  केही कमजोर फलि रहने देखिएको छ । सिमित कामना मात्र पुरा हुनेछन् । आफ्ना जिम्मेवारी पुरा गर्न नसक्दा सबैबाट अपहेलित भएको अनुभूति हुनेछ । बोलीको कारण हुने ब्यापार भने निकै लाभ दिनेवाला रहेको छ । महिनाको अन्तिम साता,  विशेष रहने छ । सोचेका कामना पुरा हुनेछन् । लामो दुरीको यात्रा सम्भव रहेको छ । घरमा शूभ काम सम्पन्न हुनेछन् । गुमेको धन पाइने छ । जिम्मेवारी बढ्ने छ । न्यायमा सफलता हात लाग्ने छ । जागिरमा पदोन्नती हुने योग रहेको छ । समग्रमा यो महिना मिश्रित फलि रहने देखिएको छ । महिनाको ०२, ०३, ०६, ०९, १०, १४, १६, १८, २०, २३, २४, २७ र ३० गते विशेष लाभकारक बन्ने छन् । राशि स्वामी – शनि,  शुभ रंग – कालो,  शुभ रत्न – निलम,  शुभ अंक – ०७,  शुभ दिशा – दक्षिण ।

मिन राशि व्यक्तिगत बाध्यताको बीच पनि सोचेका काम बन्ने छन् । हितचिन्तक बढ्ने छन् । यो साता मेहनत अनुसारको प्रतिफल दिन सक्षम रहेको छ । मित्रता केही सकारात्मक हुँदै जाने योग छ । भोलिको लागि संचित धन अपव्यय हुने योग छ । अचल सम्पत्तिको प्रयोगमा अति सावधान रहनु पर्नेछ । तपार्इंको जिम्मेवारी वहन गर्ने शक्ति बढ्ने छ । मानवीय कामको लागि सजग भइने छ । अरुको कमिलार्इ देखेर नाजायज रुपमा अघि बढ्न खोज्नु सर्वथा कमजोरी रहने छ । महिनाको पहिलो साता,  रमणीय स्थान भ्रमण योग रहेको छ । कतिपय काल्पनिक कुरालाई लिएर अघि बढ्न खोज्दा असफल भइने खतरा रहने छ । बेला मौका देखिने असमझदारिले तपार्इंको प्रतिष्ठा कमजोर गर्न सक्ने छ । आर्थिक क्षेत्रमा गरेको लगानी भने ब्यर्थ जाने छैन । बैदेसिक काम बन्ने छन् । राजनीति क्षेत्र प्रति लगाव हुनेछ । साना विवादमा फस्दा ठूलो प्रतिफल गुम्न सक्ने तर्फ सजग हुनुहोला । सन्तान मार्गबाट सन्तुस्ट भइने छ । अरुको सहयोगले आफ्नो काम बन्ने छ । दोस्रो साता,  केही उतार चढाव युक्त रहन सक्ने छ । सिमित क्षेत्रमा मात्र लागि रहँदा बाहिरी दुनियाबाट टाढा रहिने छ । अचानक लिएको निर्णयले तपाईंलार्इ धेरै हदसम्म सफल बनाउने छ । तार्किक कुरामा तल परिने भएकोले विवादित विषयमा विवाद नगरेको राम्रो होला । तपार्इंको कारण अरु कसैलाई लाभ हुनु सुखद कुरा हुनेछ । घरमा पाहुनाहरुको स्वागत गर्न पाउनु निकै खुसीको विषय बन्ने छ । तेस्रो साता,  सामाजिक काम भन्दा व्यक्तिगत काम बन्ने छन् । आरोपको सहि रुपमा निषेध गर्न सफल भइने छ । भोलिको लागि केही योजनामा लागिने छ । ब्यापार, उद्योग फस्टाउने छ । खर्चमा मितव्ययी रहने बेला आएको छ । हातबाट गएको धन पुन फिर्ता नहुने भएकोले सोचेर काम गर्नु होला । महिनाको अन्तिम साता,  खुसीको महिना रहने छ । केही नयाँ कामको थालनी हुनेछ । माया मारेको ठाउँबाट प्रतिफल आउने योग रहेको छ । विचार र सिद्धान्त प्रति तपार्इंको वफादार रहने योग छ । केही साना तिना कुरालाई छोडेर अधिकतम काम बन्ने छ । समग्रमा यो महिना मिश्रित फलि रहने देखिएको छ । महिनाको ०१, ०२, ०४, ०५, ०७, ०९, १३, १५, १७, २१, २४, २७ र २९ गते कार्य सिद्धिको लागि शूभ दिनहरु रहने छन् । राशि स्वामी – बृहस्पति,  शुभ रंग – पहेँलो,  शुभ रत्न –पुष्पराज,  शुभ अंक – ०४  शुभ दिशा – उत्तर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?