Breaking News

फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?

Feb Tue 2020 05:40:37

886 views

फेसबुकमा भाइरसले अटो म्यासेज पठायो ! कसरी जोगिने ?
फेसबुक म्यासेन्जरमा तपाइको नामबाट ‘भाइरस’ले तपाईलाई थाहै नदिइ अरू साथीलाई म्यासेज वा लिंक पठाउँछ हो ? पठाउँदैन भनेपनि तल दिइएका झै गरि आफ्नो फेसबुक एकाउन्टमा रहेका अनावश्यक एपहरु हटाउनुभयो भने तपाइको एकाउन्ट सुरक्षित रहन्छ ।

कसले पठाउँछ?

तपाईलाई सबैभन्दा धेरै मिस गर्न १० साथी, तपाईको अनुहार कुन कलाकारसँग मिल्छ?  २० वर्षपछी तपाइको अनुहार कस्तो देखिन्छ ? यस्ता कुरा फेसबुकमा हेर्दै आउनु भएको होला । यि फेसबुकले आफै विकास गरेका सुविधा हैनन् । ‘थर्ड पार्टी एप’ भनिने यस्ता सुविधा फेसबुक कम्पनी र यसका डेभलपरले नभई अरूले नै विकास गरेका एप्लिकेशनलाई निश्चित सर्तमा सेवा सञ्चालन गर्न दिइएको हुन्छ । यि थर्ड पार्टी एप्प तपाईले प्रयोग गर्दा यिनले तपाईको साथीहरूको सूचि, इमेल ठेगाना र अरू विवरण प्रयोग गर्ने अनुमति माग्छन् । एकपटक अनुमति दिएपछी यस्ता एप्सले तपाई आफैले पठाए झैँ तपाईका साथीलाई म्यासेज पठाउँने वा तपाईको वालमा पोष्ट गर्ने अनुमति पाउँछन् । धेरैजसो थर्ड पार्टी एप नराम्रो नियतले बनेका भने हुँदैनन् । तरपनि कहिलेकाँही बदमासी गर्न सक्छन् । कतिपय यस्ता एपमा अरुकै आक्रमण भएर भाइसर वा अरू गलत नियतका एप छिर्न सक्छन् । यस्ता आक्रमणबाट सामान्य देखि तपाईको कम्प्युटर वा मोबाइल हिनामिना गर्ने भाइरस सम्म हुन सक्छन् । तपाईको फेसबुक, इमेल वा बैंकिङ कारोबारको पासवर्ड चोर्ने नियतले पनि यस्ता भाइरस छिर्छन् ।

कसरी जोगिने?

साथीबाट आएका संकास्पद लिंक क्लिक नगर्नुहोस् । गरीहाले पनि उसले मागेको विवरण वा फेसबुकमा छिर्ने अनुमति नदिनुहोस् । तपाईले आफ्नो फेसबुक खातामा छिर्न अनुमति दिएका एपहरूको सूचि यो सटिङ भित्र एप्स एन्ड वेभसाइट ट्याबमा हुन्छन् । नचाहिने र नचिनेको एपलाई सेलेक्ट गरी रिमुभ गरिदिनुहोस् ताकी अबदेखि उसले त्यस्तो अनुमति नपाओस् । चरणहरू तलका तस्विरमा हेर्नुहोस् । तपाईको फेसबुकको पासवर्ड उसँग सुरक्षित हुन सक्छ । पासवर्ड परिवर्तन गर्नुहोस् ।
  • http://beingnp.com
१.सेटिङस्‌मा जाने २. एप्स एन्ड वेबसाइट्समा जाने ३. शंका लागेको एप हटाउने ४. हटाएको पक्का गर्ने जानकारी उपयोगी लाग्यो भने सेयर गरेर साथीभाइहरुमाझ पनि बाढ्नुहोस् । Source : भिडियो पनि हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?