Breaking News

दुर्गन्ध नआउने प्रविधिको ट्वाइलेट

Feb Tue 2020 05:40:52

430 views

दुर्गन्ध नआउने प्रविधिको ट्वाइलेट

भारतका वैज्ञानिकहरुले दुर्गन्ध नआउने ट्वाइलेट प्रविधिको विकाश गरेका छन् । भारतको इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका प्राध्यापक तथा उनका एकजना विद्यार्थीले दुर्गन्ध नआउने प्रविधियुक्त ट्वाइलेट निर्माण गर्न सफल भएका छन् । मेक इन इण्डिया सप्ताहको अवसरमा यस्तो नविन प्रविधियुक्त ट्वाइलेटको नमूना पेश गरिएको छ । यो प्रविधियुक्त ट्वाइलेटको प्रयोगले ट्वाइलेटमा प्रयोग हुने लाखौँ लिटर पानी बचाउन सकिन्छ । सुरुवातमा भारतका विभिन्न ठाउँमा यो प्रविधियुक्त ट्वाइलेट प्रयोगमा ल्याइने बताइएको छ । मुम्बइका केही ठाउँमा यो ट्वाइलेटले सफलतापूर्वक काम गरिरहेको छ । प्राध्यापक विजय राघवन चेनियार र उनका विद्यार्थी उत्तम बनर्जीले एक कम्पनी स्थापित गरी यो ट्वाइलेटको व्यवसायिक उत्पादन सुरु गर्दैछन् । यो ट्वाइलेटमा यस्तो प्रविधि छ जसमा पिसाब फेरेसँगै पिसाब तल गएसँगै एक विशेष प्रकारको संयन्त्र माथिपटि्ट तैरिन्छ र तल झरिसकेको पिसाबलाई पूर्णरुपमा थुन्दछ । यसबाट पिसाबको दुर्गन्ध माथि आउनै पाउँदैन । जसका कारण पिसाब गरिसकेपछि सफा गर्नका लागि पानी फ्लस गरिरहनु पर्दैन । यस्तो प्रकारको ट्वाइलेट पानी जोगाउनका लागि तथा पानीको समस्या भएका ठाउँमा निकै उपयोगी हुनेछ । यो ट्वाइलेट प्रविधिका आविष्कारक प्राध्यापक विजयका अनुसार ट्वाइलेटमा गरिएको दिसापिसाबलाई पुनचक्रण गर्ने प्रविधिको खोज गर्ने योजना उनको छ । मलमूत्रबाट मलखाद वा उर्जा उत्पादन गर्ने प्रविधि समेत यस्तो ट्वाइलेटमा जडान गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?