Breaking News

जथाभावी रत्न धारण यसकारण निरर्थक

Feb Tue 2020 05:40:52

520 views

जथाभावी रत्न धारण यसकारण निरर्थक

एउटै राशीको रत्न पनि फरक फरक व्यक्तिलाई फरक फरक फल प्रदान गर्छन्

राशीअनुसार मात्र रत्न धारण गर्दा यदि कुण्डलीमा चन्द्रमा गलत स्थानमा परेको छ भने आफ्नै राशीको रत्नले मन विक्षिप्त बनाउने, चोटपटक लगाउने, रोग शोक बृद्धि गर्ने मात्र नभएर मृत्युको मुखसम्म पुर्याउछ । अतः पैसा तिरी तिरी धारण गरेको रत्न नै आफ्नो दुर्भाग्य निर्माणको आधार बन्न सक्छ । सबै ग्रहहरुको राम्रो अध्ययन गरेर मात्र योग्य व्यत्तिःले रत्न धारण गर्न कल्याणकारी रहन्छ ।

  • अच्युतानन्द

जीवनले नवीन शरीर धारण गर्दछ । आकाशमण्डलमा चलायमान ग्रहहरुको कुनै न कुनै गति, स्थिति र प्रभाव रहेको हुन्छ । वायुमण्डलमा रहेको प्राण बायु जब पहिलोपल्ट श्वासप्रश्वासको रुपमा जीवले लिन्छ तब मात्र उ पूर्णरुपमा प्रकृतिमय बन्दछ । हो, त्यति नै समयको आकाशमण्डलका ग्रह नक्षत्रहरुको जुन स्थिति हो अथवा जुन जुन जुन अवस्थामा बसेका पिण्डहरु छन् त्यसले पूरै जीवनकाल प्रभाव पार्छ । त्यस अबस्थाको गणितीय हिसाबले तयार पारिएको कुण्डली (फोटो) नै चिनाको रुपमा परम्परादेखि बनाउदै आएको पद्दती हो ।

समय स्थिर कहिल्यै हुदैन, जुन प्रत्येक पल फरक फरक हुन्छ र ग्रहको स्थिति पनि फरक फरक परिरहन्छ । कुण्डली पनि फरक फरक बन्दछ । जुम्लिया बालक यदि छन् भने हेर्दा झण्डै उस्तै उस्तै कुण्डली बने तापनि ग्रहहरुको गतिका कारण केही तल त माथि भइनै हाल्छ । अब यो स्थिति रहन्छ बालकको भागभोग पनि फरक रहन्छ । राशी त एउटै नामबाट उठे पनि रा र रावण कृष्ण कंसहरुको स्वभावजस्तै फरक फरक पर्न जान्छ । कुनै रोगी हुन्छ त कुनै निरोगी, कुनै धनी हुन्छ त कुनै गरीब । अनि मात्र नाम नक्षेत्र एउटै पर्दामा अन्य ग्रहहरुको बिचारै नगरी बार्ह राशी छ बार्है थरीका मानिस मात्र हुन्छन् र रु भनी ठाडै अविश्वास ज्योतिष बिद्यालाई गर्नु अल्पज्ञाताको पात्र मनत्र हुन आउँछ ।ratna एउटै राशीको रत्न पनि फरक फरक व्यक्तिलाई फरक फरक फल प्रदान गर्छन् । कारण यो छ की, सबैको कुण्डली एउटै हुदैन ।अन्य ग्रहहरुको स्थिति फरक पर्न गएको हुन्छ । राशीअनुसार मात्र रत्न धारण गर्दा यदि कुण्डलीमा चन्द्रमा गलत स्थानमा परेको छ भने आफ्नै राशीको रत्नले मन विक्षिप्त बनाउने, चोटपटक लगाउने, रोग शोक बृद्धि गर्ने मात्र नभएर मृत्युको मुखसम्म पुर्याउछ । अतः पैसा तिरी तिरी धारण गरेको रत्न नै आफ्नो दुर्भाग्य निर्माणको आधार बन्न सक्छ । सबै ग्रहहरुको राम्रो अध्ययन गरेर मात्र योग्य व्यत्तिःले रत्न धारण गर्न कल्याणकारी रहन्छ । रत्न धारण परापूर्वकालदेखि दुर्भाग्य हटाउन, रोगव्याधि निको पार्न, अनिष्ट ग्रहहरुको प्रभावबाट सुरक्षित रहन, आर्थिक सामाजिक, बैद्धिक, भौतिक उन्नति बृद्धि गर्न मात्र नभएर सौन्दर्य बृद्धिका लागि पनि प्रयोग गरिदै आएको छ । रत्नहरु तब पूर्णरुपमा शक्तिशाली हुन्छन् जब शास्त्रीक्त विधिद्धारा तयार गरिएका हुन्छन् । रत्नमा शुद्धता, रत्नअनुसार धातुमा निर्माण उत्तम नाप तौलको हुनुपर्दछ । साथै उचित बार नक्षेत्रमा धारण गर्नुपर्दछ । रत्नअनुसार जुन पञ्चतत्वको प्रधानता भएको हातमा औलामा शास्त्रोक्त बैद्धिक वा तान्त्रिक विधिहरु अपनाई सक्षम व्यक्तिको सहयोगद्धारा शुद्ध मन्त्रहरुको उच्चारण गरी प्राण प्रतिष्ठाले सम्पन्न गराएर धारण गर्नुपर्दछ । प्रक्रिया नपुर्याई धारण गरेको रत्नबाट फल खोज्नु भनेको खुर्सानीमा उखुको रस खोज्नु सरह हो । -ज्योतिष विज्ञान अनुसन्धान केन्द्र, बनेपा काभ्रे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?