Breaking News

सानिमा बैंकले पनि डिजिटल सिग्नेचर प्रणाली शुरु गर्यो

Feb Wed 2020 02:40:25

763 views

सानिमा बैंकले पनि डिजिटल सिग्नेचर प्रणाली शुरु गर्यो

सानिमा बैंक र नेपाल सटिफाईङ्ग कम्पनीबीच अनलाईन कारोबारका लागी डिजिटल सिग्नेचर प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता नेपाल सटिफाईङ्ग कम्पनीका अध्यक्ष श्री बिप्लब मान सिंह तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भुवन दहालले हस्ताक्षर गर्नुभएको छ। Nepal Certifying Company  ले Radiant Info Tech Nepal द्वारा जारी भएको डिजिटल सिग्नेचर र सर्टिफिकेटहरु ब्यवस्थापन गर्दै आएको छ । यस कम्पनिले डिजिटल सिग्नेचर र सर्टिफिकेट देशभरि लागु गरि कागजद्वारा गरिने कार्यलाई प्रतिस्थापन गर्ने कार्य गर्दै आएको छ।

sanima -digital signature एन सि सि का अध्यक्ष श्री बिप्लब मान सिंहले डिजिटल सिग्नेचरद्वारा डक्युमेन्टसहरु सुरक्षित हुनुका साथै पेपरलेस ट्रान्जेक्सनमा समेत टेवा पुर्‍याउने कुरा उल्लेख गर्नुभयो । डिजिटल सिग्नेचर र सर्टिफिकेटद्वारा कारोबार मात्र सुरक्षित नभई बंैकको ब्राण्ड ईमेजलाई पनि मजबुत बनाउने बिश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?