Breaking News

२०१८ को डीभी चिठ्ठा आवेदन खुल्यो, भर्ने सही तरीका यस्तो

Feb Tue 2020 05:40:16

461 views

२०१८ को डीभी चिठ्ठा आवेदन खुल्यो, भर्ने सही तरीका यस्तो

सन् २०१८ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा इडीभी कार्यक्रमको   आवेदन खुलेको छ । नेपालमा स्थानीय समयअनुसार असोज १ड गते मंगलबार ९.४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

यो कार्तिक २२ मा नेपालमा स्थानीय समयअनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।

अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।

अनलाइन फारम कसरी भर्ने

सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

दर्ता गर्दा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

EDV-2017

तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ ।

EDV-2017-1

र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो । डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछिwww.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो, दूताबासले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?