Breaking News

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताएर विश्व रेकर्ड

Feb Wed 2020 02:40:53

1168 views

अन्तरिक्षमा सबैभन्दा बढी दिन बिताएर विश्व रेकर्ड

अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)मा सबैभन्दा बढी समय बसेर स्कट केलीले विश्व रेकर्ड बनाएका छन्। उनी ३८३ दिनसम्म आइएसएसमा बसिसकेका छन् साथै १३९ दिन अझै बसेर उनी पृथ्वीमा फर्कनेछन्।

ISIS NASA (3)

आइएसएस एक भु-उपग्रह हो। पृथ्वीबाट ४०० किलोमिटर माथी प्रतिसेकेन्ड ७.६६ किलोमिटरको गतिले यसले पृथ्वीको परिक्रमा गर्छ। सन् १९९८ नोभेम्बर २० मा करिब १५० बिलियन डलरको लागतमा यसलाई पृथ्वीबाट अन्तरिक्षमा पठाइएको थियो।

ISIS NASA (2)

यो एक प्रयोगशाला तथा अवलोकन केन्द्र हो। साथै यसले चन्द्रमा, मंगल तथा अन्य अन्तरिक्ष पिण्डहरुमा यात्रा गर्दा ‘बेस’ को काम पनि गर्छ।

स्कट केली भन्दा पहिले आइएसएसमा माइक फिंकेले ३८२ दिन बसेर रेकर्ड बनाएका थिए। स्कट अझै १३९ दिन बसेर सन् २०१६ मार्च २ मा पृथ्वीमा फर्कनेछन्।

ISIS NASA (1)

यसरी अधिकसमय आइएसएसमा बिताउँदा लामो समय अन्तरिक्षमा बस्दा मानव शरिरमा कस्तो प्रभाव पर्छ भनि नाशालाई अध्ययन गर्न सजिलो पर्छ। मंगल ग्रहसम्म मानिस पठाउने योजनामा रहेको नाशालाई अन्तरिक्षको बसाइ र मानव स्वास्थ्यको सम्बन्धको ज्ञान हुनाले भविष्यका अन्तरिक्ष यात्रा अझै सजिलो बनाउन मद्धत मिल्ने बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?