Breaking News

स्काइपमा यसरी भिडियो रेकर्डिङ गर्न सकिन्छ

Feb Tue 2020 05:40:47

536 views

स्काइपमा यसरी भिडियो रेकर्डिङ गर्न सकिन्छ

सूचना प्रविधि क्षेत्रको विकासमा सबैर्लाइ प्रभावित गरेको एप्लिकेशन हो स्काईप । यसमा भिडियो कुराकानी गर्न मिल्ने सुविधाले सबैलाई आकर्षित गरेको छ । लामो समय परिवारबाट टाढिएर बसेकाहरुलाई त स्काइप बरदान नै सावित भएको छ । कुरा गर्दा दुवै पक्षलाई भिडियोमा देख्न पाइने भएकाले स्काइप सबैको प्रिय बनेको हो । स्काइपको सबैभन्दा बढी फाइदा ती व्यक्तिहरुले लिएका छन्, जसले दुर शिक्षाको माध्यमबाट अध्ययन गरिरहेका छन् । उनीहरुको निकै लामो कक्षा स्काइपकै माध्यमबाट हुन्छ । त्यति मात्रै होइन, स्काइपमा गरिएको कुराकानीको भिडियो रेकर्ड गर्न पनि मिल्ने भएकाले स्काइपलाई जीवनकै अभिन्न अंग मान्नेहरुको संख्या पनि कम छैन् । स्काइपबाट कक्षा लिनेहरुले त पुरै कक्षाको भिडियो रेकर्ड गरेर त्यसलाई पुन प्रयोग गर्न पनि सक्छन् । आखिर, कसरी हुन्छ त स्काइपमा भिडियो रेकर्डिङ ? स्काइपमा भएको कुराकानीको भिडियो रेकर्ड गर्न एउटा सफ्टवेयर चाहिन्छ, जुन गुललबाट सजिलै डाउनलोड गर्न सकिन्छ । गुगलमा ‘फ्रि भिडियो कल रेकर्डर फर स्काइप’ भनेर सर्च गर्दा यस्तो सफ्टवेयर पाउन सकिन्छ । सबैभन्दा पहिले उक्त सफ्टवेयर तपाइको कम्प्युटर तथा ल्यापटपमा इन्स्टल गनुपर्छ । जब उक्त सफ्टवेयर कम्प्युटरमा लन्च गरिन्छ त्यसपछि स्काइपको विन्डो कम्प्युटरमा देखापर्छ । त्यसमा स्काइप भिडियो रेकर्ड गर्ने तीनवटा मोडहरु हुन्छन् । जसममध्ये, पिक्चर इन पिक्चर मोडको सहयोगमा दुवैतिरको अडियो र भिडियो रेकर्ड गर्न मिल्छ । त्यसैगरी, ‘वल्ली भिडियो अफ अदर साइड’ मोडको सहयोगमा अर्कोतर्फको मात्रै अडियो र भिडियो रेकर्ड गर्न मिल्छ । र, तेस्रो मोड ‘वन्ली अडियो’को सहयोगमा दुवैतिरको अडियो मात्रै रेकर्ड गर्न मिल्छ । यी तीन मध्ये कुन मोड प्रयोग गर्ने रोजेर ‘रेकर्ड’ बटनमा क्लिन गरेर रेकर्डिङ सुरु गर्न सकिन्छ । रेकर्डिङ सकिएपछि ‘स्टप’ बटनमा क्लिक गरेर रेकर्डिङ बन्द गर्न सकिन्छ । दुरुपयोग पनि उत्तिकै स्काइपले कुराकानीको लागि जति सजिलो बनाइदिएको छ त्यसको दुरुपयोग पनि उत्तिकै मात्रामा भएको छ । यसले जति फाइदा दिएको छ उति नै वेफाइदा पनि । स्काइपमा गरिएको कुराकानीमा अर्को पक्षलाई जानकारी नै नदिई भिडियो रेकर्ड गर्ने र त्यसलाई सामाजिक सञ्जाल मार्फत सार्वजानिक गरी चरित्र हत्या गरी यसको दुरुपयोग समेत भएको छ । अर्को पक्षको भिडियो रेकर्डिङ गर्ने र त्यसलाई ब्ल्याकमेलिङको आधार बनाउनेहरु पनि छन् । अझ, अझ कतिपयले स्काइपलाई यौन सन्तुष्टि लिने माध्यम समेत बनाएका छन् । कतिपय युवा युवतिको मनोरञ्जन वा यौन सन्तुष्टिको रुपमा एक अर्कालाई नंग्याएर पनि भिडियो रेकर्डिङ गर्ने र कालान्तरमा युट्युव वा केही पोर्न साइट मार्फत त्यस्ता भिडियो सार्वजानिक गरिदिने पनि गर्ने गरेका छन्  तसर्थ, स्काइपमा कुरा गर्दा निकै विचार पु¥याउनु पर्ने हुन्छ । विचारै नपु¥याई जोसुकैसँग अन्तरंग खोल्दा पछि फन्दामा परिने र त्यसको निकै ठूलो पीडा भोग्नुपर्ने संम्भावना पनि हुन्छ । प्रविधिको प्रयोग सहजताको लागि हो न की, पीडा र अपमान भोग्नको लागि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?