Breaking News

विमल घर्तीमगरको स्वर्गीय बहिनी मनिषाप्रति स्नेह, यसरी आफ्नो फेसबुक स्टटाट्स लेखेर पोखे

Feb Tue 2020 05:40:50

307 views

विमल घर्तीमगरको स्वर्गीय बहिनी मनिषाप्रति स्नेह, यसरी आफ्नो फेसबुक स्टटाट्स लेखेर पोखे

काठमाडौँ | फुटबल स्ट्राइकर बिमल घर्ति मगरले आफ्नो बहिनिको हत्या नै भएको दावी गर्दै फेसबुक स्टाटसमा आफ्नो मनको पिडा पोखेका छन् |

सानै उमेरमा अन्तराष्ट्रिय स्तरमा समेत आफ्नो अनि देशको नाम उचाईमा पुर्याउन सफल राष्ट्रिय खेलाडी बिमल घर्ति मगर पछिल्लो समय निक्कै चर्चामा रहे । उनले नेपालीहरुलाई आफ्नो लोभलाग्दो खेल पर्दर्शन मार्फत खुशी दिए । तर, अहिले उनकि आफ्नै बहिनि मनीषाको दर्दनाक मृत्युले बिमल निराश भएका छन् । उनि आफ्नी बहिनिले आत्महत्या गर्न नै नसक्ने दावी गर्छन् ।

बहिनी मनिषाको मृत्युुले विक्षिप्त बनेका बिमल हत्यारालाई कारबाहीको माग गर्दैछन् । तर रिपोर्टले आत्महत्या भनेपनि उनि पत्याउने अवस्थामा छैनन् । १० वर्ष अघि सानैमा बाबा गुमाएका बिमलले बहिनी गुमाएपछि निक्कै विक्षिप्त बन्दै बहिनीको हत्यारालाई कारबाहि नभए अब आफूले देशका लागि केहि गर्न नसक्ने अभिव्यक्ति दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?