Breaking News

जलविद्युतमा लगानी गर्ने हो ? यसरी भर्नुहोस् अनलाइनमार्फत फारम

Feb Tue 2020 05:40:51

383 views

जलविद्युतमा लगानी गर्ने हो ? यसरी भर्नुहोस् अनलाइनमार्फत फारम

२४ घण्टामै ५७ करोडको लगानी जुट्यो यसरी

सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । यसका लागि ऊर्जा मन्त्रालयले वेबसाइट नै लञ्च गरेको छ । सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट लञ्च गर्दै विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्‍याउन लागेको बताए । उनका अनुसार सार्वसाधारणले माथिल्लो अरुण, दुधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा शेयर लगानी गर्न सक्नेछन् ।

मन्त्री शर्माका अनुसार यसमा गैरआवासीय, आम नागरिक, सरकारी/संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि शेयर लगानी गर्न सक्नेछन् ।

कसरी जनाउने लगानी प्रतिवद्धता ?

ऊर्जा मन्त्रालयले यसका लागि आफ्नो वेबसाइटमा छुट्टै पेजको व्यवस्था गरेको छ । यसमा जानासाथ लग इन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ इकाउन्ट बनाउनुपर्छ, यसका लागि लगइन भन्दा तल ‘क्रिएट न्यू एकाउन्ट’ भन्ने बटम छ ।

त्यसमा गएर इमेल र पासवर्ड हाल्नुपर्छ । र, तपाईको इमेलमा नोटिफिकेसन आउँछ । त्यो नोटिफिकेसनमा क्लिक गरेपछि मात्रै तपाईको एकाउन्ट एक्टिभ हुनेछ ।

र, तपाईले शेयर लगानी फारम भर्न सक्नुहुनेछ । पहिलो पेजमा तपाईले आफ्नो व्यक्तिगत विवरणहरु भर्नु पर्नेछ । त्यसपछि तपाईले अर्को पेजमा जानुपर्नेछ र, लगानीकर्ताको प्रकार छान्नुपर्छ । यसमा गैरआवासीय, आम नागरिक, सरकारी/संस्थानका कर्मचारी र वैदेशिक रोजगारीका चार क्याटगोरी रहेका छन् ।

अर्को चरणमा इच्छाएका व्यक्तिको विवरण भर्नुपर्छ । अर्को पेजमा लगानी योजना भर्नुपर्छ । यसमा तपाईले लगानी गर्ने कुल रकम उल्लेख गर्नुपर्छ र यो पाँच वर्षको हुनेछ ।

यसरी फारम भर्दा तपाईले कुन आयोजनामा लगानी गर्ने हो भनेर छनौट गर्ने विकल्प छैन । मन्त्रालयका अनुसार यो लगानी प्रतिवद्धता जनाउनासाथ पैसा जम्मा गर्नुपर्दैन । पछि यसबारे ऊर्जा मन्त्रालयले सूचना निकाल्छ र तपाईले प्रतिवद्धता अनुसार लगानी गर्नुपर्नेछ ।

सरकारले आवेदन मागेको भोलिपल्टै ९ हजार नेपालीबाट  ५७ करोडको लगानी जुट्यो

  • रविन्द्र घिमिरे

सरकारले जलविद्युत आयोजनामा स्वदेशी लगानीका लागि अनलाइनबाट आवेदन लिन सुरु गरेको २४ घण्टामै ५७ करोडको प्रतिवद्धता आएको छ । उर्जा मन्त्रालयले सोमबार वेबसाइटमार्फत लगानीका लागि प्रतिवद्धता लिन सुरु गरेको हो । यसको भोलिपल्ट अर्थात २४ घण्टामै ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रुपैयाँ बराबरको प्रतिवद्धता आएको मन्त्रालयले जनाएको छ ।

उर्जा मन्त्रीको निजी सचिवालयले दिएको जानकारी अनुसार वेबसाइटमा आवेदन भरेर लगानीको प्रतिद्धता जनाउन नागरिकहरु उत्साहित देखिएका छन् । २४ घण्टामा लगानी प्रस्ताव गर्दै व्यक्तिगत आवेदन दिनेको संख्या ९ हजार १ सय ६५ पुगेको छ ।

व्यक्तिगत रुपमा ५५ करोड १८ लाख ६९ हजार ४ सय ८० रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उर्जा मन्त्रालयले जनाएको छ ।

यो अवधिमा व्यक्तिगत बाहेक ६ वटा कम्पनीले पनि लगानीको प्रतिवद्धता जनाएका छन् । यी कम्पनीहरुले कम्पनीहरु २ करोड ४६ लाख २५ हजार रुपैयाँ लगानी गर्ने गरी आवेदन भरेका छन् ।

मंगलबार मात्रै ३ हजार २ सय ६४ जनाले लगानी गर्ने भन्दै आवेदन दिएका छन् । मंगलबार अपरान्ह ४ बजेसम्म १८ करोड ७० लाख ३० हजार ६५ रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

urja mantrayala स्वदेशी लगानीमा नै ठूला आयोजनाहरु निर्माण गर्ने तयारीमा रहेको सरकारले जनतासँग लगानी प्रतिवद्धता खोजेको छ । ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नाराका साथ सरकारले नागरिकबाट प्रतिवद्धता लिने अभियान सुरु गरेको हो ।

सोमबार ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले वेबसाइट सार्वजनिक गर्दै विद्युत आयोजनाको सेयर जनताको हातहातमा पुर्‍याउन लागेको बताएका थिए । सार्वसाधारणले माथिल्लो अरुण, दूधकोशी, तमोर र सुनकोशी-३ सहितका आयोजनामा सेयर लगानी गर्न सक्नेछन् ।

यसमा गैरआवासीय, आम नागरिक, सरकारी संस्थानका कर्मचारी र वैदेशिक रोजगारीमा रहेकाले पनि सेयर लगानी प्रस्ताव गर्न सक्नेछन् ।

ऊर्जा मन्त्रालयले यसका लागि आˆनो वेबसाइटमा विशेष पेजको व्यवस्था नै गरेको छ । यसमा जानासाथ लगइन गर्नुपर्छ । नयाँ प्रयोगकर्ताहरुले नयाँ एकाउन्ट बनाएर व्यक्तिगत विवरण भरेर लगानीको प्रस्ताव गर्न सक्छन् ।

Source : Onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?