Breaking News

अपाङ्गता भएका व्यक्तिहरुका लागी रोजगारी सम्वन्धी अन्तरक्रिया कार्यक्रम

Feb Tue 2020 05:40:21

434 views

अपाङ्गता भएका व्यक्तिहरुका लागी रोजगारी सम्वन्धी अन्तरक्रिया कार्यक्रम
  • गणेश सुवेदी

राष्ट्रिय अपाङ्ग महासँघ नेपालको आयोजना तथा होटल हार्दिकको आर्थिक सहकार्यमा "अपाङ्गता भएका व्यक्तिहरूको रोजगारी: उपलब्धि, सम्भावना र चुनौती" विषयक अन्तरक्रिया कार्यक्रम काठमाडौँमा सम्पन्न भयो । सो कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासँघ नेपालका अध्यक्ष सुदर्शन सुबेदीले हालसम्म अपाङ्गता भएका व्यक्तिहरूको रोजजारीमा महासँघले खेलेको भुमिका र त्यसबाट हासिल भएका उपलब्धिहरूका विषयमा कार्यपत्र प्रस्तुत गर्दै आगामी दिनमा यस विषयलाई अझ प्रभाकारीरुपमा अगाडि बढाउनका लागी बिभिन्न साझेदार संस्थाहरु संग सहकार्य गर्नको लागि छलफल भईरहेको कुरा बताउनु भयो । त्यसै क्रममा उहाले अवसरको सिर्जना गर्नको लागी सबै मिलेर जानुपर्ने बताउनु भयो र सहभागीहरुबाट उठाएका सबालहरु सुझावको रुपमा लिने बताउनु भयो ।

सोही कार्यक्रका सहभागी बिकास थापाले गैर अपाङ्गता भएकका व्यक्तिहरु ले परिचयपत्र लिएर रोजगारी गरेको पईएको र रोजगारीको लागी मात्र परिचयपत्र लिएको पाईएको ले परिचयपत्रको दुरुपयोगको बारेमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाले अग्रसरता लिने बताउनु भयो । सोही कार्यक्रममा राष्ट्रिय बहिरा तथा सुस्तश्रवण संघ की अध्यक्ष लक्ष्मि महर्जन देवकोटाले संचारको अभावमा बहिरा व्यक्तिहरु रोजगारीमा पछाडी परेको बताउनु भयो त्यसै गरी सोही कार्यक्रमकी सहभागी बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालकी सचिव तथा अभिभावक लक्ष्मि काफ्ले ले रोजगार भएरपनि छोरा छोरीकै लागी रोगजार गुमाएर बस्नु परेको गुनासो व्यक्त गर्नु भयो । सो कार्यक्रमा अपाङ्गता सम्वन्धी काम गर्ने विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?