Breaking News

पृथ्वीजस्तै अर्को ग्रह पत्ता लाग्यो

Feb Tue 2020 05:40:57

400 views

पृथ्वीजस्तै अर्को ग्रह पत्ता लाग्यो

नासाले पृथ्वीको आकारको सात ग्रह ‘ट्राप्पिस्ट-वन’ नामक सौर्यमन्डलको खोजीमा  सफलता हासिल गरेको छ । यसमध्ये तीनवटा ग्रहमा जीवनको संभावना रहेको नासाले ट्वीटरमार्फत जानकारी गराएको छ ।

‘ती ग्रहमा एलियन जस्ता जीवको संभावना छ’ नासाले उल्लेख गरेको छ । यो पृथ्वीभन्दा ३९ प्रकास बर्षको दूरीमा छ । यस सौर्यमन्डलको ग्रहमा पानी उपलब्ध हुन सक्ने अनुमान गरिएको छ । नासाले अहिलेसम्म गरेको पृथ्वी जस्तै ग्रहको खोजको यो पहिलो नतिजा हो ।

नासाले स्पिट्जर स्पेश टेलीस्कोपले यस ग्रहको खोजी गरेको थियो । यो ग्रह सिंगल स्टारको वरिपरि छ । नेचर र्जनलमा बेल्जियमस्थित युनिभर्सिटी अफ लीजेका बैज्ञानिक माइकल गिलोनको हवला दिँदै बताइएको छ कि, ‘यस ग्रहमा पानी रहेको पर्याप्त संकेत मिलेको छ ।

खगोलविदका अनुसार सात ग्रहवाला सौर्यमन्डल पहिला पनि पत्ता लागेको थियो । तर, यो नै पहिलो पटक हो, पृथ्वी आकारको ग्रहयुक्त सौर्यमन्डल फेला परेको ।

वैज्ञानिकका अनुसार बृहस्पती ग्रहभन्दा ठूलो ताराबाट यी सात ग्रहमा प्रकाश छरिएको छ, जो सूर्यभन्दा करिब दुई हजार गुणा सुस्त छ । यस ग्रहमा मानिस बस्न लायक वातावरण रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?