Breaking News

गजब छ राजनीति!ओली सरकार ढालेर काँग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको प्लान यस्तो.....

Feb Tue 2020 05:40:58

456 views

गजब छ राजनीति!ओली सरकार ढालेर काँग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार बनाउने प्रचण्डको प्लान यस्तो.....

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले खुट्टा कमाए केही महिनाभित्रै सरकार ढल्ने भविष्यबाणी गरेका छन् ।

तिहारको मौका पारेर आरामका लागि सुकुटे पुगेका उनले बिहीबार सिन्धुपाल्चोकका उपलब्ध पार्टी जिल्ला नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री केपी ओलीले निहुँ खोजे सरकार ढाल्ने बताए ।

वर्तमान सरकार गिरेपछि प्रमुख विपक्षी काँग्रेससँग मिलेर सरकार बनाउने र त्यतिबेला सरकारको नेतृत्व आफूले लिने सम्भावना रहेको उनको भनाइ थियो ।

‘केही महिनापछि केपी ओलीले निहुँ खोज्न सक्छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘त्यस्तो अवस्था आयो भने काँग्रेससँग मिलेर हाम्रै नेतृत्वमा सरकार बन्न पनि सक्छ ।’

यद्यपि वर्तमान सत्ता गठबन्धन लामै समय टिकाउने पक्षमा आफू रहेको प्रचण्डले बताए ।

एमाओवादीको नीति र नेतृत्व भए एमालेसँग एकता जिल्ला नेताहरुको जिज्ञाशाको जावफमा प्रचण्डले एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको प्रष्ट्याए ।

तर एकता असम्भव भने नभएको पनि बताए । अहिलेकै सहमतिअनुसार अगाडि बढेर स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र विधानसभाको निर्वाचनसम्म तालमेल गरेर जान तयार भए एकताको वातावरण बन्ने उनको भनाइ थियो ।

‘अहिल्यै एकता हुन्छ म भन्दिन, उनले भने, ‘यदि स्थानीय, प्रादेशिक र विधानसभाको निर्वाचनसम्म एमाले अहिलेकै सहमतिमा अडियो भने पार्टी एकता हुन सक्छ ।’

दुई पार्टीबीच तालमेल भए स्थानीय तहदेखि केन्द्रीय संसदसम्म बामपन्थीको दुई तिहाई हुने दाबी उनको छ । दुई तिहाई बहुमत हासिल गरेर संशोधनमार्फत संविधानमा आमुल परिवर्तन गर्न सक्ने अवस्था आए पार्टी एकता हुने उनको भनाइ थियो ।

‘हामीले चाहेको व्यवस्थामा आमुल परिवर्तन हो’, प्रचण्डले भने, ‘यदि माओवादी छापको संविधान बन्न भने त्यतिबेला एकता हुन सक्छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा नीति र नेतृत्व भने एमाओवादीकै हुने पनि प्रष्ट्याए ।

फरक प्रसंगमा उनले मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादीसँग भने निकट भविष्यमै एकता हुन सक्ने उल्लेख गरे ।

-Kathmandutoday.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?