Breaking News

पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

Feb Tue 2020 05:40:38

249 views

पर्यटन प्रवद्र्धनमा टेलिकमको सीम एयरपोर्ट ओर्लदै विदेशीको हातमा

नेपाल टेलिकमले विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाले निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरे  ।

कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबर्द्धनलाई टेवा पुर्‍याउने काम गरेको बताए । उनले टेलिकमले निःशुल्क सिम वितरण कार्यलाई निरन्तरता दिइरहने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा टेलिकमले सिम वितरण सुरु गरेको हो ।  हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने छ । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने छ ।

उक्त सिमकार्डमा ५० रुपैयाँको टल भेल्यू समेत रहेको छ । पर्यटकलाई नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस भन्ने उद्देश्यसहित निःशुल्क सिम उपलब्ध गराउन थालिएको हो ।

भ्रमणमा रहेका पर्यटकहरु कथंकदाचित् सम्पर्कविहीन भएमा पनि उक्त सिममार्फत लोकेसन ट्रयाक गरी उद्धार गर्न समेत सहज हुनेछ । यसले गर्दा पर्यटकहरु थप सुरक्षित हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?