मोबाईलको स्क्रिनमा रातो नम्बरबाट फोन आउने र आएको नम्बर उठाए दुर्घटना हुने हल्ला मोबाइल एपको प्रयोग गरी भएको केन्द्रीय अनुसन्धान ब्युरोको पुष्टि गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नम्बर र नम्बरको रंग परिवर्तन गर्न मिल्ने एप्सको प्रयोग गरि फोन गर्ने र दुर्घटना भएको अफवाह फैलाउने दुईजनालाई पक्राउ समेत गरेको छ ।
सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार मोबाइलमा कल आउँदा देखिने नम्बरको कलर (रंग) परिर्वतन गरिदिने प्रि-एपहरु प्रशस्तै बनेका छन् । र, त्यसैको दुरुपयोग गरेर नेपालमा रातो नम्बरको आतंक मच्चाइएको रहेछ । यो एप डाउनलोड गरेपछि मोबाइलको सेटिङ परिर्वतन गर्नासाथ फोन आउँदा रातो (आफूले चाहेको) रंगमा नम्बर डिस्प्ले हुन्छ । बराइलीले पनि त्यही गरेका थिए । साथै नम्बर परिर्वतनका लागि ‘फेक कल’ भन्ने अर्को एप प्रयोग गरिएको रहेछ ।
ब्युरोले एप्सको प्रयोगबाट रातो नम्बरमा कल गर्ने दीपक बराईली र सो खबर सामाजिक सञ्जालमा बढाई चढाई पोष्टगर्ने प्रश्ना पाण्डेलाई नियन्त्रणमा लिएको हो। गायिका प्रश्नाले आफुले गल्ती गरेको बताउदै माफी मागेकी छन्। ब्युरोका प्राविधीक अधिकारीले बुधबार संचारकर्मी माझ रातो नम्बर आउने एप्सबाट फोन गरि देखाएका थिए।
[embedyt] http://www.youtube.com/watch?v=1ijdHzpGpMo[/embedyt]
स्रोत – नागरिक