Breaking News

घरमै बसेर रिचार्ज गर्न सकिने बिजुलीको स्मार्ट मिटर के हो ?

Feb Tue 2020 05:40:11

485 views

घरमै बसेर रिचार्ज गर्न सकिने  बिजुलीको स्मार्ट मिटर के हो ?

काठमाडौं उपत्यकाको विद्युत वितरण र व्यवस्थापनलाई चुस्त बनाउन नेपाल विद्युत प्राधिकरणले स्मार्ट मिटर जडान गर्ने भएको छ ।

smart-meter-in-home-display-1

के हो स्मार्ट मिटर ?

स्मार्ट मिटर भनेको एक प्रकारको विद्युतीय डिभाइस हो । यो डिभाइसमा टु वे कम्यूनिकेशन अर्थात दोहोर सञ्चार प्रणाली जडान गरिएको छ । जुन सञ्चार प्रणालीका कारण प्राधिकरणको केन्दि्रय सिस्टमले पलपलमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ ।

उपभोक्ताले विल तिरेको/नतिरेको पनि छिनभरमै प्राधिकरणको केन्दि्रय प्रणालीलाई थाहा हुन्छ ।

डिभाइसमा जडान गरिएको सिस्टममै उपभोक्ताले रिचार्जकार्डमार्फत रिचार्ज गरेर विजुलीको खपत गर्न सक्ने हुन्छ । ।

intelligenter_zaehler-_smar

विकशित मुलुकहरुमा पछिल्ला बर्षमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । यस्तो मिटर जडान गरेपछि उपभोक्ता र बिद्युत बिक्रेता प्राधिकरण दुवैलाई सजिलो हुनेछ । स्मार्ट मिटर डिजिटल डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबापत खर्च भइरहेको पैसासमेत सजिलै थाहा पाउन सक्छन् ।

स्मार्ट मिटर जोडेपछि प्राधिकरणका कर्मचार घरघरमा आएर मिटर हेरेर बिल काट्नुपर्ने बाध्यता हट्ने छ । साथै प्राधिकरणले कुन समयमा उपभोक्ताले धेरै बिजुली खपत गर्छन भन्ने सही र रियलटाइम तथ्याङ्क पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?