Breaking News

इटहरीमा प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४

Feb Tue 2020 05:40:32

505 views

इटहरीमा प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४
इटहरीमा क्यान सुनसरीले प्रदेश स्तरीय पाँच दिने सूचना प्रविधि महोत्सव २०७४ आयोजना गरेको छ ।  सूचना प्रविधि महोत्सव उद्घाटन गर्दै प्रदेश १ मुख्यमन्त्री शेरधन राईले अब देश सुशासन र प्रविधिमैत्री नीतिसहित समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  विश्व अहिले सूचना प्रविधिको उपयोगकै कारणले धनी र सम्पन्न भई भौतिक सुख एवं आर्थिक उन्नतिको शिखरमा पुगिसकेकाले अब हामीले पनि देश समुन्नत बनाउन सूचना प्रविधिको अधिकतम उपयोगमा तयार रहनुपर्ने राईले बताउनुभयो । पाँच दिनसम्म चल्ने सूचना प्रविधि प्रादेशिक महोत्सवमा एकसयभन्दा बढी सूचना प्रविधिसम्बन्धी यन्त्र उपकरण एवं सूचना प्रविधिहरुका स्टलहरु राखिएका छन् । यसैगरी नेपाल यातायात मजदुर सङ्गठन कोशीले आजै मुख्य मन्त्री राई, सभामुख प्रदिप भण्डारीलाई सम्मान गरेको छ । सो अवसरमा मन्त्री राईले यातायात क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकार सचेतनापूर्वक काम गर्न कहिल्यै पछि नपर्ने विश्वास दिलाउनुभयो । आजै मुख्यमन्त्री राई र आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विराटनगरस्थित १ नं प्रदेश प्रहरी कार्यालयको निरीक्षण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?