Breaking News

मोरङका विद्यार्थीको चमत्कार आलु रोप्ने यन्त्र बनाए

Feb Tue 2020 05:40:56

409 views

मोरङका विद्यार्थीको चमत्कार आलु रोप्ने यन्त्र बनाए

मोरङ । कृषिलाई आधुनिकीकरण गर्न सहयोग पुग्ने उद्देश्यले मोरङका विद्यार्थीले आलु रोप्ने यन्त्र निर्माण गरेका छन् ।

potatoमोरङको हात्तीमुढास्थित मनमोहन स्मृति पोलिटेक्निकका विद्यार्थीले कृषिसम्बन्धी नयाँ उपकरण बनाउने सोचका साथ आलु रोप्ने यन्त्र बनाएको यन्त्र निर्माणमा सहभागी विद्यार्थी सुजनबाबु सेन्चुरीले जानकारी दिए ।

सेन्चुरीका अनुसार सो यन्त्रले छोटो समयमा धेरै आलु रोप्न सक्नेछ । कलेजका मेकानिकल समूहका पाँचौँ ब्याचका विद्यार्थीले यसअघि हावाबाट चल्ने अटोरिक्सा बनाएर सफल परीक्षण पनि गरेका थिए ।

मनमोहन स्मृति पोलिटेक्निकका प्राचार्य सुवास पोखरेलका अनुसार विद्यार्थीले बनाएका नयाँ सामग्री क्याम्पसमा प्रयोगमा ल्याइएको तर समाजमा उपयोग गर्न नसकिएको बताए । विभिन्न ब्याचका विद्यार्थीले मिनी स्काभेटर, मिनी केबुलकार, हाइड्रोलिक प्रेस, हावाको चापबाट चल्ने अटोरिक्सा लगायत उपकरण बनाइसकेको प्राचार्य पोखरेलको भनाइ छ ।

‘विद्यार्थीले बनाएका उपकरण सामान्य जीवनयापनमा आधारित छ ।’ उनले भने- प्राविधिक शिक्षा पठनपाठन गराउँदै आएको मनमोहन स्मृति पोलिटेक्निक कलेजका इलेक्ट्रिक समूहका विद्यार्थीले घरमा चोर पस्दा जनकारी दिने सूचनामूलक प्रविधिको समेत निर्माण गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?