रंगको पर्व हाम्रो अमुल्य सांस्कृतिक पर्व हो । पश्चिमा संस्कृतिको प्रभावले केही समय यता होलीको नाममा बिकृति फैलिदै गएको छ । शान्ति सद्भाव मित्रता, आत्मियताको भाव होली पर्वमा हुनुपर्ने विशेषता हो र सद्भाव दर्शाउँदै साथीसङ्गी, आफन्तहरु जम्मा भएर खुशीका साथ होली खेल्नुपर्दछ । राजधानी काठमाडौंमा फरक ढंगले आत्मीयता र सद्भावका साथ बालबालिकाहरुमा देखापर्ने अटिजमको क्षेत्रमा क्रियाशिल विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रमा अटिजम भएका बालबालिका एवम् केन्द्रका स्टाफवीच निकै मनमोहक वातावरणमा होलीको अघिल्लो दिन अर्थात सोमवार होली पर्व मनाईएको छ । विशेषत शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ ।
फोटो सौजन्य : सविता उप्रेती