Breaking News

साइबर सुरक्षा चेतना अभियानमा एसएलसी दिएका बिद्यार्थीहरुको उत्साहजनक सहभागीता

Feb Tue 2020 05:40:56

317 views

साइबर सुरक्षा चेतना अभियानमा एसएलसी दिएका बिद्यार्थीहरुको उत्साहजनक सहभागीता

एसएलसी दिएर बसेका छात्र छात्राहरुलाई साइबर सुरक्षा अन्तराष्ट्रिय–नेपालले चाबहिलमा गरेको जनचेतनामूलक कार्यक्रममा साइबर सुरक्षाका विज्ञहरुले नेपालमा साइवर चुनौती बढेर गएको बताएका छन् । सूचना प्रविधिको प्रयोग दिनानुदिन बढदै जाँदा नेपालको साइबर अपराधको संख्यामा उल्लेख्य वृद्धि हुँदै गइरहेको साइबर सुरक्षा अन्तराष्ट्रिय, नेपालका संयोजक चिरन्जिबी अधिकारीले बताए। अधिकारीले भने, एसियन राष्ट्रहरुमा साइबर सुरक्षा धेरै नै बढिरहेको छ र नेपालमा साइबर सुरक्षाको अवस्था अन्जानमा नै बढिरहनुमा साइवर चेतनाको कमी र्नै प्रमुख कारण भएको उल्लेखगरे ।

नेपालमा लक्की ड्र, फेक इमेल, मालवेयर भाइरस अन्जानमा क्लिक गर्दा यसको स्तर माथि पुगेको छ। यसबाट बच्न आइसिटी शिक्षाको जरुरी छ, साथै जनचेतना मूलक कार्यक्रम समेत स्कुलका विद्यार्थीहरुलाई दिनु जरुरी छ।

यस्तै साइबर सरक्षा अन्तराष्ट्रिय–नेपाल का सदस्य श्री विक्रम खड्काले साइबर अपराध नेपालमा सामाजिक सञ्जालको कारण मौलाउँदै गरेको बताए। उनले भने, नेपालमा बढ्दो सामाजिक सञ्जालप्रतिको मोह र यसमा आफ्नो सबै गोप्य सूचनाहरु सार्वजनिक गर्ने प्रवृतिले अपराधको स्थिति दिनदिनै बढ्दै गएको हो।’cyber aware

उनले यसबाट बच्न सबैभन्दा पहिला अभिभावकले आफ्नो छोराछोरीको निगरानी गर्नुपर्ने, स्कुले जीवनमा मोबाइल कम प्रयोग गर्न दिने र विद्यालयमा पनि शिक्षकले विद्यार्थीहरुको मोबाइलमा निगरानी बढाउनु पर्ने सुझाव दिए। साइबर सुरक्षाबारे जानकारी लिन विभिन्न विद्यालयका करिब ६० जना विधार्थीहरुको सहभागीता रहेको थियो ।cyber secure

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?