भारतको नयाँ दिल्लीस्थित सफदरगंज अस्पतालमा शल्यक्रियाका लागि रोबटको प्रयोग गरिने भएको हो । उक्त प्रयोगको लागि अस्पतालले १८ करोड भारुमा रोबट डाक्टर किन्न लागेको हो ।
उक्त रोबटको प्रयोग विपन्न वर्गका मानिसहरूका लागि निशुल्क उपचारमा गरिने अस्पतालले बताएको छ । तर अत्तिरिक्त वार्ड लिएर बस्ने बिरामीहरूका लागि भने शुल्क लाग्नेछ ।
अस्पतालका अनुसार अबको तीन महिनाभित्रमा उक्त रोबटको प्रयोग गर्ने गरी तयारी भएको छ । रोबटको प्रयोगले सर्वसाधारणले सरल र सहज सुविधाको प्रत्याभूति गर्न सक्ने अस्पतालको दाबी छ ।