Breaking News

अमेरिकालाई हाइड्रोजन बमले उडाउने उत्तर कोरियाको हाइड्रोजन बम ब्यालिस्टिक मिसाइल यस्तो

Feb Wed 2020 02:40:29

378 views

अमेरिकालाई हाइड्रोजन बमले उडाउने उत्तर कोरियाको हाइड्रोजन बम ब्यालिस्टिक मिसाइल यस्तो

उत्तर कोरियाले अमेरिकाको म्यानहट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको छ। वासिंटन पोष्टले उत्तर कोरियाको अफिसियल मिडिया डिपिआरकेलाई उद्धृत गर्दै अमेरिकाको म्यान हट्टनलाई हाइड्रोजन बमले उडाउने धम्की दिएको जनाएको छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उत्तरले सो हाइड्रोजन बम ब्यालिस्टिक मिसाइलमार्फत छोड्ने हो भने न्युयोर्कको म्यानहट्टन ध्वस्त हुन्छ भने सबै मानिसको मृत्यु हुनुका साथै पूरै शहर क्षणभरमै खरानीमा परिणत हुन्छ। उत्तर कोरियाले आफ्नो एटम र हाइड्रोजन बम यंगोन न्यूक्लिर रिसर्च सेन्टरमा बनाएको हो। सो बमलाई उत्तर कोरिया र युएसएसआर (अहिलेको रुस) बीच १९५० मा भएको सहमतिपछि १९६४ मा बनाएको संचारमाध्यमले उल्लेख गरेका छन्। यसैबीच शुक्रबार उत्तर कोरियाको एक पनडुब्बी बेपत्ता भएको थियो। जसका कारण उत्तर कोरिया निकै आक्रोशित भएको छ। सीएनएनले अमेरिकी सेनाले सो पनडुब्बीलाई उत्तर–पूर्व कोस्टमा देखिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?