Breaking News

फेसबुक चलाउनेहरु, होशियार ! फ्रेन्ड रिक्वेस्टले दिल्लीको कोठीमा पुर्‍यायो

Feb Tue 2020 05:40:12

698 views

फेसबुक चलाउनेहरु, होशियार ! फ्रेन्ड रिक्वेस्टले दिल्लीको कोठीमा पुर्‍यायो
नेपालगञ्जकी मिना नेपाली (नाम परिवर्तन) को दिनचार्य पनि अधिकांश समय स्मार्टफोनमै बिताउने थियो । भर्खरभर्खर फेसबुक चलाउन सुरु गरेकीले फेसबुकमै रमाउन थालेकी थिइन् मिना । यहीबीचमा सुनिल थापा नाम गरेका एक युवकले मिनालाई फेसबुकमै फ्रेन्ड रिक्वेस्ट पठाउँछन् । ह्यान्डसम युवकको फ्रेन्ड रिक्वेस्ट आएपछि प्रोफाइल हेरेर मिनाले रिक्वेस्ट एसेप्ट गरिन् । ती युवक थिए कोहलपुरकै सुनिल थापा भन्ने सुनिल नेपाली । २१ वर्षका सुनिल नेपाली हेर्दा पनि सुन्दर देखिन्थे । फेसबुकमा साथी बनेपछि मिना र सुनिलको नियमित कुराकानी र भिडियो च्याटसमेत हुन थाल्यो । मिना नेपालगञ्जकी र सुनिल कोहलपुरको भएकाले पनि उनीहरुबीच लामोलामो कुराकानी हुन थाल्यो । चिनचान भएको करिब एक महिनापछि मिना र सुनिलले नेपालगञ्जमै भेटघाट गरे । २१ वर्षका सुनिल र १८ वर्षकी मिनाबीच भेटघाटपछि सम्बन्ध झनै नजिकिन थाल्यो । उनीहरु दुवैजना एकअर्काको प्रेममा परे । चिनजान भएको दुई महिनापछि सुनिलले मिनासँग विवाहको प्रस्ताव राखे । तर सुनिलले दिल्लीमा पनि आफ्नो घर भएको भन्दै दिल्ली नै गएर विवाह गर्ने र उतै बस्ने प्रस्ताव राखे । सुरुमा दिल्ली जाने प्रस्ताव अस्वीकार गरे पनि प्रेमीले बारम्बार त्यही आग्रह गरेपछि मिना पनि प्रेमीसँगै दिल्ली जाने र उतै विवाह गरेर खुशीसाथ बस्न तयार भइन् । मिना दिल्ली जान तयार भएपछि तिनै फेसबुके प्रेमी सुनिलले मिनालाई नेपालगञ्जबाट रुपैडिया हुँदै दिल्ली पुर्याए । सुनिल ‘तिमी बस्दै गर, म बेलुका आउँछु’ भनेर गए । त्यस दिन सुनिल आएनन् । मिनाले रमेश ठाकुरलाई सोधिन् कि रमेश कुन बेला आउँछ ? रमेशले थाहा छैन भन्ने जवाफ दिए । त्यस दिन मिना रमेशकै कोठामा सुतिन् । भोलिपल्ट बिहानै रमेशले मिनालाई भन्यो कि सुनिलले उसलाई बेचेर गएको छ । मिना छाँगाबाट खसेजस्तै भइन् । सुखी दाम्पत्य जीवनको सपना देखेर परिवारलाई कुनै जानकारी नै नदिई प्रेमीसँग भागेर दिल्ली पुगेकी किशोरीलाई त आफ्नै ‘श्रीमान’ले बेचेर गएछ । मिनाको सपना क्षणभरमै चकनाचुर भयो । अब मिना ‘श्रीमान’ सुनिलको साथमा दिल्ली पुगिन् । सुनिलले दिल्ली पुगेको पहिलो दिन मिनालाई ज्यादै माया गरे । उनले आफ्नी श्रीमतीलाई आफैसँग राखे । पहिलो रात मिना सुनिलसँगै दिल्लीको सराई कालेखान बसपार्क नजिकै रहेको सुनिलको कोठामा बसिन् । दिल्ली पुगेको भोलिपल्ट अब सुनिलले आफू र मिनाका लागि जागिर खोज्नुपर्ने भयो । जागिरको खोजीमा सुनिलले मिनालाई रमेश ठाकुर भन्ने रमेश नेपालीको कोठामा पुर्याए । त्यहाँ सुनिल र रमेशबीच के कुराकानी भयो मिनालाई थाहा छैन । एकछिनपछि सुनिल ‘तिमी बस्दै गर, म बेलुका आउँछु’ भनेर गए । त्यस दिन सुनिल आएनन् । मिनाले रमेश ठाकुरलाई सोधिन् कि रमेश कुन बेला आउँछ ? रमेशले थाहा छैन भन्ने जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?