Breaking News

गर्मी विदामा दक्षिण कोरियामा घुम्नका लागि उपयुक्त ७ स्थानहरु

Feb Tue 2020 05:40:39

702 views

गर्मी विदामा दक्षिण कोरियामा घुम्नका लागि उपयुक्त ७ स्थानहरु

   कोरियाको गर्मी विदामा घुम्नका लागि उपयुक्त ७ स्थानहरु

हेनेको सम्वाद्दाता, दक्षिण कोरिया

दक्षिण कोरियामा यतिखेर गर्मीको मौसम छ । दक्षिण कोरियामा गर्मिमा लामो समय बिदा हुने गर्दछ । उक्त विदाको समयमा अफिस तथा तनाबबाट केहि समयको लागि भए पनि मुक्त रहनको लागि मानिसहरु समुह बनाई बिदा मनाउन तथा आराम गर्नको लागि भ्रमण जाने निर्णय गर्दछन । कोरियामा रहेका बिदेशीहरु धेरैजसो गर्मी विदामा समुन्द्रको किनारमा पुग्ने गर्दछन । यसै विषयमा आधारित रहेर दक्षिण कोरियाको गर्मी विदामा घुम्नका लागि उपयुक्त ७ स्थानहरुको बारेमा हामीले यहाँ चर्चा गरेका छौ ।

१.क्यारेवियन वे (CARIBBEAN BAY)

क्यारेवियन वे योङगिनमा पर्छ । योङगिनमा रहेको इभरल्याण्डकै एक भाग मानिएको यो वाटरपार्क एशियाकै सवैभन्दा ठुलो वाटरपार्क हो । त्यहाँ पौडी विलास सवारी, इनडोर र आउटडोर पूल, कृतिम छाल लगायतका विभिन्न मनोरोन्जनका खेलहरु रहेका छन्। पार्कमा एक कृतिम समुन्द्र निमार्ण गरिएको छ, जहाँ अत्याधुनिक कम्प्युटर प्रणालीले छालहरुको सिर्जना गर्छ जसले बलियो छालको अनुभव गर्न सकिन्छ । २. ह्युन्दे सामुन्द्रिक किनार (Haeundae Beach) ह्युन्दे सामुन्द्रिक किनार जुन बुसानमा पर्छ । यो कोरियाकै उत्कृष्ट सामुन्द्रिक किनार मानिएको छ । गर्मीको विदाको समयमा यो किनार धरैजसको रोजाईमा पर्ने गर्छ । निकै ठुलो र खुला भएका कारण यो किनारमा मानिसहरुको ठुलो उपस्थिती हुने गर्छ । प्राकृतिक छालको लागि यो किनार पर्यटकको रोजाईमा पर्ने गर्छ । विदेशी पाहुनाहरुका लागि क्यासिनो समेत उपलब्ध छ । ३. Hakdong Mongdol Beach ह्याकदोङ समुन्दि किनार जुन ग्योजेमा पर्छ । यो दक्षिण ग्यङसाङ प्रान्तकै अति नै चर्चित र अत्यन्तै सुन्दर समुन्द्रि किनार हो । पुरानो भनाई के छ भने अनुसन्धान कर्ताले अनुसन्धान गरे अनसार यो किनारको नाम यसको आकार बाट राखिएको हो भन्ने भनाई छ ।                यो किनार बाट बिभिन्न मनमोहक दृश्य देखिनुका साथै किनारमा अति सुन्दर एकनासका ढुगाहरु छन त्यसका साथसाथै समुिन्द्र छालबाट आएको सुन्दर आबज बाट पनि अत्यन्त आनन्द पाप्त गर्न सकिन्छ । ४. Daeijak Island  पर्यटकहरुको रोजाईमा पर्ने डेइजेक एउटा सुन्दर ठाउ हो । पश्चिमि भेगमा पर्ने यो किनारमा आधुनिक भौगोलिक बिशेषताको कारणले गर्दा यो ठाउ पर्यटकको लागि अति नै लोकपिय बनेको छ । यहाँ बाट बिभिन्न रमणिय दृश्य देख्नुको साथै समुिन्द्र छालहरु प्नि देख्न पाईन्छ । त्यस्तै गरि यहाँ अर्को ठाउ पनि छ जहा मरुभुमिलाई समुन्द्रले घेरेको छ र यहा बढि मात्रामा घाम लाग्ने भएकाले यो ठाउँ बढि गर्मि हुने गर्दछ । ५. Bijin Island  यो ठाउ लगभग १३ किमि टोगयोङको पुर्बमा र ग्याङस्याङमा पर्दछ । यहाँको घाटमा २ टापुहरु रहेका छन । जहा साघुरो समुन्द्र किनार सगै बाटो पनि जोडिएको छ । यहाँ बाट बिभिन्न मनमोहक दृश्यको अबलोकन गर्न सकिन्छ । यहाको समुन्द्रको पानी निकै सफा चम्किलो छ भने समन्द्र कम गहिरो छ । यो समुन्द्रमा पर्यटकहरुलाई पानीमा खेल्न मिल्ने खालको बाताबरण रहेको छ । ६. Goraebul Beach यो ठाउँ योङडिअक मा पर्दछ । उत्तरी क्षेत्रमा पर्ने ग्यङस्याङ प्रदेशमा पर्ने यो किनार अति सुन्द्धर छ । यहाँ सफा पानीहरु शान्त रुपले बगिरहेका छन जुन दृश्यले गर्दा छुट्टी मनाउन आएका पर्यटकहरुले भरपुर रुपमा आनन्द प्राप्त गर्नेछन । त्यस्तै गरि यहा हराभरा सल्लाको जगंलले समुन्द्रलाई घेरेको छ जुन दृश्य अति नै सुन्दर छ । ७. Wahyeon Beach  यो किनार पनि गिजिमा पर्दछ । यसको आकार सफा किनार तथा मनमोहक छालले पनि मनलाई आनन्दीत तुल्याउछ । यो ठाउ बिशेष गरि परिबारका साथ घुम्नको लागि अत्यन्त सुन्दर छ र यो ठाउ बालबालिकाको लागि पनि उत्कृष्ट गनतब्य स्थल मानिन्छ । पर्यटकका लागि महत्बपुणर््ा मानिने यो ठाउ जिबनमा एकपटक पुग्नैपद्र्धछ ।

-  http://www.hellonepalkorea.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?