Breaking News

विश्वका पौने ४ करोड स्मार्टफोनमा ‘जुडी’ भाइरस छिर्यो, के हो जुडी’ भाइरस ?

Feb Tue 2020 05:40:20

378 views

विश्वका पौने ४ करोड स्मार्टफोनमा ‘जुडी’ भाइरस छिर्यो, के हो जुडी’ भाइरस ?

साइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ ।

जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस अर्थात् एयवेयर हो । कोरियाली कम्पनीद्वारा विकशित विभिन्न ४१ वटा एपमा यो मालवेयर पाइएको छ ।

यो भाइरसले आफ्नो चपेटामा पारेका स्मार्टफोनहरुको माध्यमबाट विभिन्न विज्ञापनहरुमा ठूलो संख्यामा नक्कली क्लिक गर्दछ, ता की यस्ता एप बनाउनेहरुले क्लिकको आधारमा विज्ञापनदाताबाट रकम कमाउन सक्छन् ।

अहिलेसम्म यो भाइरसको आक्रमणबाट कुन कुन देशका स्मार्टफोनहरु प्रभावित भएका छन् भन्ने चाहीँ खुलेको छैन । चेकप्वाइन्टको सिफारिसमा गुगलले प्ले स्टोरबाट यस्ता मालवेयरयुक्त एप्स हटाइदिएको छ ।

यसअघि यहीँ महिना वानाक्राई नामक फिरौती माग्ने भाइरसले विश्वका १ सय भन्दा धेरै देशमा हमला गरेको थियो । उक्त भाइरुसले रुस, बेलायत समेत कैयन् देशका कम्प्युटरलाई संक्रमित बनाएको थियो । उसले एक्स्पी जस्ता पूराना अपरेटिङ सिस्टमवाला कम्प्युटरलाई बढि निसाना बनाएको थियो ।

साइबर हमलाकारीले वानाक्राइको सहायताले कम्प्युटरका फाइल तथा डाटाहरुलाई लक गर्दथे । वानाक्राइको आक्रमणमा पर्ने कम्प्युटरको स्त्रिmनमा एक मेसेज लेखिएको हुन्थ्यो । जसमा साइबर हमलाकारीले लक गरिएका कम्प्युटर डाटालाई अनलक गर्न फिरौति माग गरेका हुन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?