Breaking News

नयाँ आइफोनले अरुको मोबाइलबाट यस्ता विशेषता चोर्छ !

Feb Tue 2020 05:40:52

496 views

नयाँ आइफोनले अरुको मोबाइलबाट यस्ता विशेषता चोर्छ !

एप्पलका दुई नयाँ आइफोनहरु, आइफोन ६ एस र आइफोन ६ एस प्लस विश्वव्यापी बजारमा आइसकेका छन् । डिजाइनमा खासै परिवर्तन नभए पनि यसका केहि नयाँ विशेषताहरु पक्कै छन् । यहाँ एप्पलले अन्य मोबाइलहरुबाट सापट लिएका नयाँ ७ विशेषताहरुको चर्चा गरिएको छ ।iphone-1

१. थ्रिडी टच एप्पलको थ्रिडी टचले प्रयोगकर्तालाई स्क्रिनमा थिचाईको अनुपात अनुसार फरक क्रियाकलापहरु गर्ने सुविधा दिन्छ । उदाहरणका लागि सामान्यरुपमा थिच्दा कुनै एप खुल्छ भने अलि बेस्सरी थिच्दा एड्भान्स मेनु खुल्छ वा एपभित्रको सामग्रीको झलक देखिन्छ । एप्पलले नयाँ १२ इन्चको म्याकबुक र एप्पल वाचमा पनि ‘फोर्स टच’को अवधारणा प्रयोग गरेको छ । यसअघि ब्ल्याकबेरी स्टोर्म २ मा स्योरप्रेस नामको यस्तै खाले विशेषताको प्रयो गरिएको थियो ।

iphone-2

२. लाइभ फोटो नयाँ आइफोनको क्यामरा टि्रकका रुपमा राखिएको लाइभ फोटो नामको फिचरले फोटो खिच्नुभन्दा ठिक अघि र पछिको दृष्य पनि कैद गर्छ र यसलाई एनिमेटेड तस्बिरका रुपमा पेस गर्छ । फोर्स टच गरेको खण्डमा स्थिर तस्बिरहरु पनि एनिमेटेड हुन थाल्छन् । यो फिचर हामीले एचटीसी फोनहरुमा वर्षौंदेखि देखेका हौं । माइक्रोसफ्टको लुमिया फोनमा लिभिङ इमेज नाममा यस्तैखाले विशेषता उपलब्ध थियो ।

iphone-3

३. ४ के भिडियो रेकर्डिङ ४ के रेकर्डिङ वा मुभी हल गुणस्तरको भिडियो रेकर्डिङले प्रयोगकर्तालाई हाइ रिजोलुसन -३८४०/२१६०) मा भिडियो खिच्ने सुविधा दिन्छ । आइफोन ६ एस र ६ एस प्लसमा पहिलोपटक एप्पलले यस्तो प्रयोग गरेको हो । यद्यपि नयाँ र आधुनिक एन्ड्रोइड फोनहरुमा ४ के भिडियो रेकर्डिङको सुविधा उपलब्ध छ । सोनी एक्सपेरिया जेड ३ र एलजी जि ३ ले २०१४ मा यो सुविधा ल्याएका थिए ।

iphone-4

४. प्ले ब्याक जुम एप्पलले आइफोन ६ एस र आइफोन ६ एस प्लसमा प्लेब्याक जुमको विशेषता थपिएको छ, जसबाट भिडियो चलिरहँदा कनै पनि वस्तुलाई जुम गरेर नजिकबाट हेर्न सकिन्छ । यो विशेषता सामसुङ ग्यालेक्सी मोबाइलहरुमा वर्षौंदेखि उपलब्ध छ । यद्यपि यो सानो भए पनि एउटा उपयोगी विशेषता हो ।

iphone-6

५. रेटिना फ्ल्यास एप्पलको नयाँ आइफोनमा ५ मेगाप्रिक्सेलको ‘फ्रन्ट फेसिङ’ क्यामरा छ तर यसमा फ्रन्ट फ्ल्यास छैन । अँध्यारोमा सेल्फी खिच्नका लागि यसले रोचक समाधान निकालेको छ । यस्तो अवस्थामा मोबाइलको स्क्रिन तीन गुण चम्किलो हुन्छ र फ्ल्यासको जस्तै काम गर्छ । एप्पलले यसलाई रेटिना फ्ल्यासको नाम दिएको छ ।

यद्यपि यो अवधारणा मौलिक भने होइन । फ्रन्ट फ्ल्यास जस्ता एप्सहरुले पनि यस्तै तरिकाबाट स्क्रिनलाई चम्किलो बनाएर फ्ल्यास जस्तै काम गर्ने विधि अपनाएका छन् । ओप्पोको आर ७ प्लस स्मार्टफोनमा पनि यस्तो फिचर राखिएको छ ।iphone-7

६. अल्वेज-अन हेइ सिरी पुराना आइफोनहरुमा सिरी भ्वाइस सहायतालाई चार्जरमा जोडेका बेला भ्वाइस कमाण्डमार्फत आदेश दिन सकिन्थ्यो । तर नयाँ एम ९ कोप्रोसेसरले जूनसुकै बेला ‘हाइ, सिरी’ भन्दै नजिकै रहेको आइफोन ६ एस र ६ एस प्लसलाई आदेश दिन सक्ने बनाएको छ ।

त्यसो त थुप्रै एन्ड्रोइड फोनहरुले गुगल नाउ सहायतामार्फत यस्तो सुविधा उपलब्ध गराइरहेका छन् । माइक्रोसफ्टको लुमिना फोनले पनि ध्वनीबाट चल्ने ‘हेइ कोर्टाना’ कमाण्डमार्फत यस्तो सुविधा प्रदान गर्छ ।

iphone-8

७. बलियो धातु नयाँ आइफोनहरु ७००० सिरिज आल्मुनियमबाट बनेका हुन्छन् । एप्पलले यसलाई अहिलेसम्म आइफोनमा प्रयोग भएको सबैभन्दा बलियो धातु भएको बताएको छ । मेटल बडी प्रयोग गर्ने पहिलो स्मार्टफोन निर्माता एप्पल भएर पनि रोचक कुरा के छ भने सामसुङले आफ्नो नयाँ ग्यालेक्सी एस ६ का फोनहरुमा यहि धातू प्रयोग गरेको छ ।

iphone-9

–  टाइम्स अफ इण्डियाबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?