पडराईड चार चक्का भएको इलेक्ट्रीक असिस्ट साईकल हो । यसलाई फेब्रिकको सेलले कभर गरिएको छ, जसलाई हेर्दा सानो कार जस्तै देखिने छ ।
उक्त साईकलले चालकलाई सबै किसिमको वातावरणिय जोखिमबाट जोगाउँछ । यसमा जडान गरिएको २५० वाटको इलेक्ट्रीक मोटरले २५ किलोमिटर प्रति घण्टाको स्पीडले साईकललाई चलाउँछ । यसमा प्रयोग भएको ब्याट्रीले ६० किमीसम्मको रेन्ज दिने जनाइएको छ । त्यो भन्दा बढि स्पीड र रेन्ज चाहिएमा खुट्टाले पेडल चलाउनु पर्छ ।
अगाडि पट्टी गाडीमा जस्तै दुईवटा लिड हेडलाईट र साईड लाईट दिइएको छ भने, पछाडि ब्रेक लाईट पनि राखिएको छ ।
यो साईकल सुइडिस डिजाइनर माइकल कियलम्यानले हिउदको समयमा चड्नका लागि आविष्कारक गरेका हुन् । तर यो पडराईड हिउदमा मात्र नभई सबै समयमा कामलाग्ने भएको छ ।
यो बाईक कच्ची बाटोमा, उकालो आरालोमा, आईस जमेको ठाँउमा समेत सहजै चलाउन सकिन्छ ।
यसमा एकजना आरामसँग बसेर चलाउने सिट दिइएको छ । अगाडि पट्टी गाडीमा जस्तै दुईवटा लिड हेडलाईट र साईड लाईट दिइएको छ भने, पछाडि ब्रेक लाईट पनि राखिएको छ ।
अगाडि सिसामा रहेको वाईपरलाई भने हातैले चलाउनु पर्ने हुन्छ । गर्मीको समयमा चलाउनका अगाडिको विन्डस्क्रिन थोरै खोल्न मिल्ने बनाइएको छ । यस साईकलमा सामान राख्नका लागि सिटमुनी स्टोरेज स्थानसमेत रहेको छ । अहिले यसको तौल ७० केजी रहेको छ भने, यसलाई १० देखि २० केजीसम्म घटाउने तयारी भैरहेको छ ।