Breaking News

दाउरा किन्न त यस्तो सास्ती छ काठमाडौंमा !

Feb Wed 2020 02:40:54

590 views

दाउरा किन्न त यस्तो सास्ती छ काठमाडौंमा !

उपभोक्ताहरू दाउरा किन्नका लागि पेट्रोलको लाइनजस्तै लाइन लागेका छन्। दाउरा किन्न नागरिकताको फोटोकपी अनिवार्य  बोकेर जानुपर्ने छ ।उपभोक्तालाई बिक्रीका लागि टिसीएनले बाराको बनबाट रुखका ६ ट्रक मुढा काठमाडौ ल्याएको छ। टीसीएनले मुढा नचिरीकनै उपभोक्ताहरुलाई विक्री गर्ने तयारी गरेको छ। टीसीएनले दाउरा विक्री गर्ने जानकारी पाएर शनिबार बालकुमारी गोदाममा पुगेका उपभोक्ताहरुले मुढा नचिरीकन विक्री गर्ने तयारी गरिएकोप्रति असन्तुष्टि पोखे।

राजधानीमा एलपी ग्यासको चरम अभाव भएपछि सरकारले आज दाउरा वितरण गरेको छ। प्रतिपरिवार सर्वसाधारणका लागि १५ रुपैयाँको दरले १ सय केजीसम्म र संस्थाका लागि प्रतिकेजी १७ रुपैयाँका दरले ५ सय केजीसम्म वितरण गरिएको टिम्बर कर्पोरेसनले जनाएको छ।
राजधानीको गौशाला र बालकुमारीमा रहेको काठ गोदामबाट आइतवार बिहान ८ बजेबाट दाउरा वितरण गर्दाको तछाडमछाड तस्वीरमा यस्तो देखियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?