Breaking News

अब प्रतिसेकेण्डमै मोबाइल कल शुल्क लाग्ने

Feb Tue 2020 05:40:14

438 views

अब प्रतिसेकेण्डमै मोबाइल कल शुल्क लाग्ने
एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै लाग्ने
वैशाखदेखि टेलिफोन तथा मोबाइल महसुल दर सस्तो पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन सेवामा नयाँ ‘पल्स’ अवधि लागू गर्ने निर्णय गरेको छ । पल्स भन्नाले टेलिफोन गर्दा पैसा काटिने समयावधिको इकाइ हो । पल्स अवधि धेरै हुँदा उपभोक्तालाई धेरै महसुल तिर्नुपर्छ भने कम हुँदा कल गर्दा काटिने रकम थोरै पर्छ । पहिलो चरणमा पीएसटीएनमा ६० सेकेन्ड, पल्स अवधिक तय गरिएको छ भने मोबाइलमार्फत देश भित्र हुने कलमा १० सेकेन्ड र देशबाहिर हुने मोबाइल कलमा ३० सेकेन्ड पल्स तोकिएको छ । दोस्रो चरणमा पीएसटीएनमा ६० सेकेन्डको पल्स कायम राखिने छ भने मोबाइलमार्फत हुने आन्तरिक मोबाइलमा १ सेकेन्ड तथा विदशेमा हुने कलमा १० सेकेन्ड निर्धारण गरिएको छ । ‘कार्तिकदेखि एक सेकेण्ड कल गरेको शुल्क एक सेकेण्ड बराबरकै काटिनेछ’  बैशाखबाट मोबाइलको आन्तरिक कल पल्स १० सेकेण्डमा आउँछ भने कार्तिकबाट त सेकेण्डको पैसा सेकेण्डकै गणना गरेर काटिनेछ ।’ कति सेकेण्डमा कति शुल्क सेवाग्राहीबाट काट्ने भन्ने नै पल्स अवधि हो । पल्स रेट यसैमा आधारित हुन्छ ।  उदाहरणका लागि कुनै कम्पनीले पल्स अवधि २० सकेण्डको शुल्क ३० पैसामा राखेको छ त्यसको १ सेकेण्ड कल हुँदा पनि ३० पैसा नै काट्छ । २१ सेकेण्ड लाग्नासाथ उसले ४० सेकेण्डसम्मको ६० पैसा महशुल काट्छ । त्यसअनुसार २२ सेकेण्डमै फोन राखियो भने पनि उसले दोब्बर पैसा तिर्न उपभोक्ता बाध्य छन् । बैशाखपछि भने यो पल्स अवधि आन्तरिक कलमा १० सेकेण्डमा झर्नेछ भने कार्तिकबाट भने एक सेकेण्डमा झर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?