Breaking News

Robot Made in Nepal मेड इन नेपाल रोबोटको चर्चा विश्वभर

Feb Tue 2020 05:40:12

779 views

Robot Made in Nepal मेड इन नेपाल रोबोटको चर्चा विश्वभर
नेपालमै निर्मित रोबोटले रेष्टुरेन्टमा वेटरको रूपमा सेवा दिएको र विश्वकै एक नमूना रेष्टुरेन्ट काठमाडौंमा सञ्चालनमा आएकोबारे विश्वव्यापि चर्चा सुरू भएसँगै पर्यटन क्षेत्रमा त्यसको सकारात्मक प्रभाव पर्ने आशा गरिएको छ । पुल्चोक इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका पाँच युवा र व्यवस्थापन अध्ययनरत थप दुर्इ युवाको पहलमा स्थापना गरिएको पाइला टेक्नोलोजी कम्पनीले दरबार मार्गमा 'नौलो रेष्टुरेन्ट' नाम राखेर सेवा आरम्भ गरेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले केही साता अघि रेष्टुरेन्ट उद्घाटन गरेका हुन् । तीनवटा रोबोट वेटरको रूपमा दिनभर खिटिन्छन् । ग्राहक टेवलमा पुगेपछि अर्डरका लागि वेटरलाई डाँक्नु पर्दैन । टेवुलमै डिजिटल मेनु छ, त्यसमा चाहेअनुसारको परिकार, त्यसको तस्बिर र मूल्य त्यहीँ उल्लेख छ । स्मार्ट फोन चलाएजस्तै औंलाले थिचेर अडर गरेपछि त्यो अडर किचनको ठूलो डिस्प्ले कम्प्युटरमा रेकर्ड हुन्छ र त्यहाँबाट रोबोटकहाँ अटोमेटिक अडर नोटिफिकेसन जान्छ । किचनमा तयार परिकार लिन रोबोटहरू पुग्छन् र सम्बन्धित टेबुमा खानाका परिकार लिएर रोबोट नै आइपुग्छन् । रोबोट टुबुलमा पुगेपछि सुरूमा टेबुलमा केही चिजहरू छ भने ती हटाउन र टेवल क्लियर गर्न आग्रह गर्दै बोल्छन् । त्यसपछि परिकारका ट्रेहरू रोबोटले टेवलमा राख्छन् र ‘प्लिज इन्ज्वय योर फुड’ भन्दै रोबोट पुनः किचनमा फर्कन्छन् । अडर छैन र रोबोटहरू फुर्सदमा छन् भने उनीहरू स्वतः आफ्नो चार्जिङ स्टेशनमा गएर बस्छन्, त्यहाँ चार्ज हुन्छन् । भिडियोः [embedyt] https://www.youtube.com/watch?v=g5r3VlLtDDI[/embedyt] फूल चार्ज अवस्थाको रोबोट ८ घण्टासम्म खटिने क्षमताको हुने पाइला टेक्नोलोजी एवं नौलो रेष्टुरेन्टका संस्थापक एवं सिइओ विनय राउत बताउँछन् । उनका अनुसार थप दुई फेरी नाम गरेका रोबोट पनि छन्, उनीहरू ग्राहकको टेवलमा पानी, चम्चा, काँटाहरू लिएर पुग्छन् । रेष्टुरेन्टमा आएका ग्राहकसँग रोबोट कुराकानी पनि गर्छ । नाम, उमेर, सन्चो–बिसन्चो, काठमाडौंको मौषम र सोधिएका अन्य प्रश्नको जवाफ मात्रै हैन रोबोटले ग्राहकलाई जोकहरू पनि सुनाएर मनोरञ्जन दिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?