Breaking News

नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु, स्मार्ट लाइसेन्स लिन अब यसो गर्नुहोस्

Feb Wed 2020 02:40:17

878 views

नेपालमा स्मार्ट लाइसेन्स वितरण सुरु, स्मार्ट लाइसेन्स लिन अब यसो गर्नुहोस्

फारम भर्नका लागि व्यक्ति आफै उपस्थिति हुनुपर्ने

सवारी चालकहरुका नेपालमा स्मार्ट लाइसेन्सको सुरुआत भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा एक कार्यक्रमका बीच स्मार्ट लाइसेन्सको वितरण प्रक्रिया सुरुआत गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट लाइसेन्सको उद्घाटन गरेका हुन्।

आगामी ३ देखि ५ वर्षभित्रमा जारी भएका २२ लाख सवारी चालकका कागजी लाइसेन्सलाई स्मार्ट कार्डमा परिवर्तन गर्ने सरकारी लक्ष्य छ। आगामी वर्षदेखि नै ब्लु बुकलाई समेत स्मार्ट कार्डमा परिवर्तन गर्ने लक्ष्य सरकारले लिएको छ।
स्मार्ट कार्ड शत प्रतिशत पोलिकार्बोननेटबाट बन्ने र उक्त कार्डमा सेक्युरिटी फिचर समेत हुने हुँदा नक्कलीबाट सुरक्षित रहन सकिन्छ। smart licence
कसरी लिने सवारी चालकले स्मार्ट लाइसेन्स ?
बागमति अञ्चलका सवारी चालकका लागि आगामी मंसिर २० गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट स्मार्ट लाइलेन्स वितरण प्रक्रिया सुरु हुनेछ।
यसका लागि अनलाइनबाट दरखास्त फारम भर्नुपर्नेछ। फारमका लागि लाइन लाग्नुपर्ने बाध्यात्मक अवस्था अन्त्य हुनेछ। फारम भर्नका लागि व्यक्ति स्वयम आफै उपस्थिति हुनुपर्नेछ।  फारम भरेपछि यातायात व्यवस्था कार्यालयमा गई आफ्नो बारेमा सम्पूर्ण जानकारी गराउनुपर्छ।
त्यहाँ औंठा छाप, फोटो खिच्ने र भरेको दरखास्त बुझाएपछि स्वास्थ्य परीक्षण तथा लिखित परीक्षा र प्रयोगात्मक परीक्षा सम्वन्धी सबै प्रक्रिया पुरा भएपछि स्मार्ट कार्ड प्राप्त गर्न सकिन्छ।
तर पुरानो कागजी लाइसेन्सलाई स्मार्ट कार्ड बनाउनका लागि भने कार्यालयमा पुगी आफ्नोबारेमा जानकारी दिएपछि प्राप्त गर्न सकिने बताइएको छ।
यस कार्डको विशेषता
नक्कली लाइसन्स बनाउने गिरोहको अन्त्य हुने
लाइसेन्स लिनलाई स्वयम व्यक्ति आफै कार्यलयमा गई ल्याप्चे र हस्ताक्षर गर्नुपर्ने हुँदा नक्कली बाट जोगिइने र
सुरक्षित हुने ।
दिगो, भरपर्दो हुने र शत प्रतिशत पोलिकार्बोनेटबाट बनेको र सुरक्षाको हिसाबले व्पक्तिको सम्पुर्ण विवरण हुने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?