Breaking News

कुमार घैँटेको पत्नी पिंकी आएपछि काँग्रेस नेता र डनहरुलाई भयो तनाव, डनहरु धम्कीमा उत्रिए

Feb Tue 2020 05:40:42

487 views

कुमार घैँटेको पत्नी पिंकी आएपछि काँग्रेस नेता र डनहरुलाई भयो तनाव, डनहरु धम्कीमा उत्रिए

तीन महिनाअघि प्रहरी भिडन्तमा मारिएका राजधानीका डन कुमार श्रेष्ठ ‘घैँटे’ को दाहसंस्कार रोक्न नेता र डनहरु लागिपरेका छन् । घैँटेका व्यवसायिक साझेदार एवम् नेपाली काँग्रेस सभासद् जगदिशनरसिंह केसी र बाफलका डन समिरमान बस्नेतले दाहसस्कार रोक्न घैँटे परिवारका सदस्यलाई धम्की दिएको पाइएको छ ।

घैँटेको इन्काउन्टरपछि प्रहरीले बस्नेतको अवैध धन्दामाथि निगरानी बढाएपछि उनी भागेर दिल्ली पुगेका छन् । बस्नेत र केसीले मकाउबाट शब बुझ्न आएकी घैँटेकी पत्नी पिंकी शेर्पालाई शब नजलाउन धम्की दिएका हुन् । बस्नेतले पत्नीमार्फत घैँटेको पत्नीलाई शब नबुझ्न दबाब दिएका हुन् ।

प्रहरी मुठभेडमा घैँटे मारिनु भन्दा २५ दिनअघि मात्र पिंकी रोजगारीका लागि मकाउ पुगेकी थिइन् । घटना भएको दुई महिनापछि उनी दाहसंस्कारका लागि काठमाडौँमा आइपुगेकी हुन् । तर, घैँटेका आफन्त र रानीबारीका छिमेकीले उनलाई सहयोग गरे पनि घैँटेका दाजु दाबी गर्ने राजु श्रेष्ठले पनि शब नबुझ्न दबाब दिने गरेको बताइएको छ ।

पिंकी बिगत तीन बर्षदेखी घैँटेसँगै रानीबारीकै घरमा बस्दै आएको स्थानीय बताउँछन् । घैँटेको सम्पत्तिमा आँखा लगाउँदै आएका केही गुण्डा र उनका आफन्त तथा नेताले घैँटेको लाशमाथि राजनीति गर्दै आएका छन् । घैँटेकी पत्नी पिंकीले शब बुझेर दाहसंस्कार गर्छु भन्दा नेता केसीले शव नजलाउन सबैभन्दा बढी दबाब दिन गरेको स्रोत बताउँछ ।

बाफलका डन एवम् घैँटेका उत्तराधिकारी बस्नेतले आफ्नी पत्नीमार्फत घैँटेका परिवारलाई शब दाहसंस्कार नर्गन धम्की दिने गरेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले बस्नेतकी पत्नीलाई पक्राउ गरी सोधपुछ गरे पनि घटना गुपचुप राखिएको छ ।

दाहसंस्कार गर्न नपाएको भन्दै पिंकी प्रहरीमा पुगेपछि घटना बाहिर आएको हो । घैँटेको दाहसंस्कार नर्गन काँग्रेसका केही नेताले आफूलाई धम्क्याउने गरेको गुनासो उनले प्रहरीसमक्ष बताएकी थिइन् । घैँटेको मृत्युपछि सभासद् केसीलगायतका आधा दर्जन नेताले न्यायिक छानबिन माग गर्दै आएका छन् । तर सरकारले प्रहरीसँग भएको दोहोरो भिडन्तमै घैँटेको मृत्यु भएको जानकारी गराएपछि उनीहरुले घैँटको लासमाथि राजनीति गरिरहेका छन् ।

को हुन् पिंकी ? नेप्लिज समाचारको सम्पर्कमा रहेकी पिंकी अहिले सहयोगको लागि नेताकहाँ धाइरहेकी छन् । उनीसँग आफू कुमार घैँटेको पत्नी भएको सबै डकुमेन्ट पनि छ । भन्छिन्, ‘म विदेश गएको २५ दिनमै उहाँको इन्काउन्टर भयो, हतारमा नेपाल आएर पतिको शव सद्गद् गर्न खोज्दा राजनीतिक रुपमा धम्की पो आयो ।’

उनीसँग घैँटेको बिमाको कागजात पनि छ । बिमा दाबी गर्ने आधिकारिक कागजमा उनकै नाम छ । यो घटनामा प्रहरीले पनि साथ दिइरहेको छ । तर घैँटेको नाममा आफूले पनि आर्थिक लाभ लिइरहेकाले अहिले पिंकीलाई थर्काएर राजनीति लम्ब्याउन खोज्नेहरु सल्बलाएका छन् । पिंकीले भनिन्, ‘अहिले नै तस्बिर सार्वजनिक नगरौँ, गर्दा तपाईंहरुमार्फत नै गर्छु, केही दिन मलाई कोअपरेट गरिदिनुस् ।’

- nepalese.org

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?