Breaking News

लाइसेन्स प्रिन्ट भयो ? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्

Feb Wed 2020 02:40:44

1306 views

लाइसेन्स प्रिन्ट भयो ? अब मोवाइलबाटै यसरि थाहा पाउनुहोस्
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा र लाइसेन्स प्रिन्ट भए नभएको एसएमएसबाटै हेर्न सकिने सेवाको औपचारिक सुरुवात गरेको छ।स्पेरो एसएमएस प्रा. लि. र यातायात व्यवस्था विभागको सहकार्यमा लिखित परीक्षा, लाइसेन्स नवीकरण र नयाँ लाइसेन्स प्रिन्ट भए नभएको थाहा पाउन सकिने एसएमएस सेवा सुरु गरिएको हो। सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन WT लेखेर एउटा स्पेस छाडि एप्लिकेन्ट आईडी टाइप गरेर (WT ‹space› Applicant ID ) ३३००१ मा एसएमएस पठाउन सकिनेछ ।एसएमएस पठाउनासाथ र्उित्तर्ण वा अनुत्तिर्ण भएको जान कारी एसएमएस पठाउने ब्यक्तीको मोबाइलमा आउने छ।त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि LC टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी (LC ‹space› Applicant ID) ३३००१ मा एसएमएस गर्न सकिने छ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?