चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० मा ‘थालिआन’ भन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो । आनचिङ सोभियत लालसेनाका लप्टन थिए । पछि उनी कोरियाको लडार्इंमा मारिए । प्रस्तुत छ, सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी ।
मेरी छोरा आनचिङ, यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ । तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको छ तर पनि तिमीले आफ्नो डाक्टर र कामरेडहरुको कुरा सुन्नुपर्छ । किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् । धैर्यपूर्वक हेरचाह गरेका छन् । कहिल्यै अधीर नहुनु । यदि तिम्रो कुनै पत्र छ भने सिन्वी (साङलिन) र शाओ हुआको हातमा पठाईदिनु । भविष्यमा पनि यस्तै गर्नु । कसैको हातमा पत्र नपठाउनु । तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु र डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ । तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् र तिमीलाई आफूले सकेको मद्दत गरेका छन् । तिनीहरुलाई यो पत्र देखाउनु । म यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तिम्रो सुखको कामना गर्ने बुवा
(अनुवादः संजीवदास श्रेष्ठ)