Breaking News

फेसबुकको दुरुपयोग, अश्लील भिडियो बनाएर यसरी ब्ल्याकमेलिङ

Feb Tue 2020 05:40:45

737 views

फेसबुकको दुरुपयोग, अश्लील भिडियो बनाएर यसरी  ब्ल्याकमेलिङ
रत्ननगर । महिला तथा किशोरीलाई फेसबुकमा साथी बनाई उसको तस्बीरबाट अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । सापकोटाले भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी रु ५० हजार ठगेको अनुसन्धानमा खुलेको ढकालले जानकारी दिए । त्यसपछि विभिन्न नम्बरबाट फोन गरी रु तीन लाख माग गरेको र सो रकम नदिएमा सामाजिक सञ्जालमा फोटो र भिडियो अपलोड गर्ने भनेर ब्ल्याकमेल गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?