Breaking News

इन्स्टाग्रामको नयाँ फिचर एकैपटकमा १० वटा फोटो पोस्ट गर्न सकिने

Feb Tue 2020 05:40:42

360 views

इन्स्टाग्रामको नयाँ फिचर एकैपटकमा १० वटा फोटो पोस्ट गर्न सकिने

इन्स्टाग्रामले यस्तो फिचर ल्याउँदैछ जसबाट अब प्रयोगकर्ताले एक पटकमा १० फोटो अपलोड गर्न सक्नेछन् । यो फोटो एल्बम फिचरको बेटा संस्करण परीक्षणका लागि एन्ड्रोइड प्रयोगकर्तालाई उपलब्ध गराइएको छ र छिटै यसलाई इन्स्टाग्रामका ६० करोड प्रयोगकर्तासम्म पुयाउने छ ।

एन्ड्रोइड लाइफ नामक वेबसाइटका अनुसार इन्स्टाग्राममा फोटो पोस्ट गर्दा कुनै एक फोटोमा ट्याप गर्नुको साटो अब प्रयोगकर्ताले स्किृनमा केही समयसम्म औँलाले थिचिरहनुपर्नेछ । त्यसपछि स्किृनमा एल्बम खडा गर्ने अप्सन देखिनेछ । सोही अप्सनमा गएपछि दशवटा सम्म फोटो छनोट गरी एल्बम बनाएर एकैपटक पोस्ट गर्न सकिनेछ ।

टेक क्रन्च वेबसाइटका अनुसार हाल बेटा टेस्टर एन्ड्रोइड प्रयोगकर्ताका लागि यो नयाँ अपडेटेड इन्स्टाग्राम एप उपलब्ध गराइएको छ । परीक्षणका क्रममा समेत एकैपटकमा एकभन्दा बढि फोटो टाइमलाइनमा पोस्ट गर्न समस्या परिरहेका कतिपयले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?