Breaking News

डा. रामशरण महतबाट साइवर इन्फो पत्रिका विमोचन :आइसिटी व्यवसायी विश्व राम बलामीलाई आइटी अवार्ड–२०७३” सम्मान

Feb Tue 2020 05:40:26

491 views

डा. रामशरण महतबाट साइवर इन्फो पत्रिका विमोचन :आइसिटी व्यवसायी विश्व राम बलामीलाई आइटी अवार्ड–२०७३” सम्मान
  • साधना बस्नेत

mohana k

काठमाडौं, साइवर थ्रेट, साइवर अपराध र साइवर अपराध बिरुद्धको अभिायान भन्ने सन्देश सहित आइसिटी पत्रकार विकास मञ्चद्धारा प्रकाशित साइवर आइसिटी इन्फो पत्रिकाको विमोचन र बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम डा. रामशरण महतको प्रमुख आतिथ्यतामा साउन ७ गते शुक्तबार काठमाडौंमा सम्पन्न भएको छ । पूर्वअर्थमन्त्री डा रामशरण महतले आइसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित “साइबर आइसिटी इन्फो” को विमोचन गर्दै पछिल्लो पटक प्रविधिको विकाससँगै साइबर अपराध बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

mahat ramsharan

बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रियामा बोल्दै सूचना प्रविधिको भरपुर प्रयोग भइरहदा त्यसका कमजोरी र समस्याहरु आउन थालेको डा. रामशरण महतले बताउनुभयो । बैकिग तथा बित्तिय क्षेत्रमा सबैभन्दा बढी सूचना प्रविधिको प्रयोग भएकोले यस क्षेत्रमा बढी सावधानी अपानाउनुपर्ने देखिएको छ । सरकारले गरिदिन्छ भनी मुख ताक्ने प्रवृत्ति हामी नेपालीमा छ । त्यो राम्रो नभएको बताउदै डा. महतले साइवर थ्रेट, साइवर अपराध भन्दा पनि ठूलो चुनौतीको रुपमा साइवर टेररिजमको अवस्था बढेर गएकोले यसतर्फ सबैभन्दा बैकिग तथा बित्तिय क्षेत्र चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।dr mahat

[embedyt] http://www.youtube.com/watch?v=7RC2--05Qzw[/embedyt]

   आइसिटी पत्रकार विकास मञ्चद्धारा “आइटी अवार्ड–२०७३” सम्मान प्रदान

आइसिटी पत्रकार विकास मञ्चले हरेक वर्ष प्रदान गर्ने “आइटी अवार्ड–२०७३” सम्मान यस वर्ष पनि साइवर आइसिटी इन्फो पत्रिका विमोचन समारोह कार्यक्रम मार्फत प्रादन गरेको छ । यस वर्षको सर्वोकृष्ट आइटी अवार्ड २०७३ ग्रिन सिटी अस्पताललाई प्रदान गरिएको छ । अवार्डत्यस्तै आइटी व्यवसायी अवार्ड सम्मान २०७३ द्धारा युवा आइसिटी व्यवसायी विश्व राम बलामी लाई प्रदान गरिएको छ । बलामी २ दशकदेखि सूचना प्रविधि व्यवसायी तथा सामाजिक क्षेत्रमा क्रियाशील रहदै आउनुभएको छ भने हाल उहाँ क्यान महासंघको महासचीव रहेर आइसिटी व्यवसायी क्षेत्रको विकासको लागि सामाजिक तवरले विशेष योगदान पुर्याइरहनुभएको छ । विश्व राम बलामी ज्यू लाई आइसिटी खबर अनलाइन पत्रिकाको तर्फबाट हार्दिक बधाई तथा शुभकामना प्रदान गर्न चाहन्छौं ।

biswa balami मञ्चले दन्त चिकित्सक डा. सुवास घिमिरे, समाजसेवी भवानी पौडेल, हिम्मत श्रेष्ठ, बरिष्ठ समाजसेवी चित्रबहादुर रसाइली ,डोल्मा लामा र युवा ब्यबसायी सत्यमान लामा लाई आइसिटी अवार्ड २०७३ बाट सम्मान प्रदान गरेको सस्थाका महासचिव मुकुन्द ढुंगानाले जानकारी दिनुभएको छ । आइसिटी पत्रकार मञ्चले विगत ३ वर्षदेखि आइटी, आइसिटी व्यवसायी, सामाजिक, स्वास्थ्य, शैक्षिकलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई आइसिटी सम्मान गर्दै आएको छ भने २०७३ बाट सर्वोकृष्ट आइटी अवार्ड प्रदान ग्रिन सिटी हस्पिटललाई प्रदान गरी सर्वोकृष्ट आइटी अवार्ड सुरु गरेको हो ।

साइवर इन्फो पत्रिका विमोचनसँगै अन्तरक्रिया कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रिकाका सम्पादन सल्लाहकार एवं स्वतन्त्र लेख राजेश अधिकारीले आइसिटी पत्रकार विकास मञ्चको साइवर सचेतना अभियानलाई राष्ट्रिय अभियानको रुपमा रुपान्तरण गर्न सबैको ध्यानाकर्षण गराउनुभयो । देशमा साइवर कानून लागू भएको १० वर्ष बितिसक्दा पनि यसको कार्यान्वयन प्रभावकारी बन्न नसक्दा सूचना प्रविधिमा फड्को मार्दै गरेको नेपालले साइवर हमलाको शिकार भएमा अबको ठूलो जोखिम व्योहनुपर्ने बताउदै बेलैमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

rajesh adhikar

आईसीटी पत्रकार विकास मंन्च द्वारा प्रकाशित "साईबर आईसीटी ईन्फो" प्रारम्भिक अंकको म्यागेजिन एक बिशेष समारोहका बिच मा.पूर्व मन्त्री डा. रामशरण महत ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न गर्दैगर्दा बिश्व साईबर अपराध बिरुद्धको आन्दोलनमा एतिहासिक आयाम थपियो। सोहि अबसरमा समाज रुपान्तरणका लागि अतुलनीय योगदान गरीरहेका आदरणिय महानुभाबहरुलाई आईसीटी अवार्डले सम्मान गरिरहदाँको आनन्दमय क्षणले हाम्रो टिमका लागि थप प्रेरणा दिलाएको छ। बिशेषाकंको सल्लाहकार, स्वतन्त्र लेखक र अतिथिको भूमिकामा सम्मानित व्यक्तित्वहरु र अतिथिहरुलाई स्वागत मन्तव्य मार्फत आफ्ना बिचार राख्न दिएको अबसरका लागि संस्था प्रति आभारी छु।

साइवर अपराधका घटनाहरु बढ्नुमा राज्यको साइवर सुरक्षा नीति र व्यवस्थापन पक्ष नै फितलो रहेकोले साइवर अपराध बिरुद्धको अभियानमा राज्यको नीति र लगानीको खाँचो अहिलेको सूचना प्रविधि प्रयोगको सबैभन्दा उत्तम प्रयोग र उपयोग हुने कुरालाई मनन गर्नुपर्ने वरिष्ठ पत्रकार प्रेम कैदीले बताउनुभयो ।

क्यान महासंघका अध्यक्ष विनोद ढकालले आइसिटीको विकासका लागि राज्यको नीजि क्षेत्रप्रतिको दृष्टिकोण एवं आइटी व्यवसायको प्रवद्र्धन र बिस्तारका लागि स्पष्ट नीतिको खाँचो मात्र रहेको बताउँनुभयो । सूचना प्रविधिको प्रयोगले नेपालमा आइसिटी मार्केट र रोजगारी बढाउँदै लगेको अवस्थामा साइवर थ्रेटको चुनौतीले डाटा सुरक्षमा विशेष रुपमा लाग्नुपर्ने खाँचो छ, त्यसका लागि सरकारले आइसिटी विज्ञ तथा आइटी संस्था, कम्पनीसँगको सहकार्यमा साइवर कानूनलाई बलियो कवँजको रुपमा प्रयोग गर्नु नै उपयुक्त हुनेछ ई ढकालले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रोफेसर ई. तिमिला यमीले सूचना प्रविधिको प्रयोगसँगै बित्तिय सेवाको पहुँच जिल्ला गाउँका तल्लो वर्गमा पुर्याउन सके मात्र समृद्ध र समुन्नत नेपालको परिकल्पना साकार हुने बताउनुभयो । सूचना प्रविधिको उच्चतम प्रयोग र सबैभन्दा जोखिम क्षेत्र बैंक तथा बित्तिय क्षेत्र भएकोले जोखिम व्यहोर्नु पहिल्यै साइवर थ्रेट, साइवर हमला प्रति हामी बलियो रहन आजैबाट गम्भीर भएर लाग्नुपर्ने छ, ई तिमिला यमीले भन्नुभयो ।

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा ले सूचना सञ्चार र प्रविधिको विकास फड्कोले नेपाल आइटीमय भइसकेको बताउँदै सरकार सूचना प्रविधिको विकास बिस्तारमा उदार रुपमा नै प्रस्तुत भएको दाबी गर्नुभयो । सरकारले यो गरेन, त्यो गरेन भन्दा पनि नीजि क्षेत्रलाई सूचना प्रविधि बिस्तारका लागि प्रोत्साहन गर्ने, नियमन गर्ने दायित्व भएकोले दुरसञ्चार प्राधिकरण अहिले यहाी निित र कार्यदिशामा अगाडी बढिरहेको छ, झा ले भन्नुभयो, बढ्दो साइवर थ्रृेट र हमला रोक्नका लागि नेपाल प्रहरीका लागि आवश्यक उपकरण, फरेन्सिक ल्याव, इर्मजिग रेस्पोन्स टिमका लागि प्रारम्भिक गृहकार्य गर्दै अगाडी बढिरहेको बताउनुभयो । प्रविधिको प्रयोग गर्नेहरुले अब डाटा सुरक्षाका लागि समेत विशेष लगानी बेलैमा गरे साइवर थ्रेटको भयावह अवस्था भने आउनेछेन, तर अहिलेकै अवस्थामा भए बैंक फाइनान्स क्षेत्र नै सबैभन्दा बढी साइवर हमलाको शिकार हुने बताउँदै साइवर सुरक्षाको लागि बित्तिय क्षेत्रले लगानी गर्न कन्जुस्याई गर्ननहुनेमा अध्यक्ष झा ले जोड दिनुभयो ।

बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बोर्ण कार्कीले नेपालमा साइवर अपराध इमेल इन्टरनेट हुदै, सामाजिक सञ्जाल र सोसल मिडियाबाट व्यापक भइरहेकोले यसलाई नियन्त्रण गर्न काउन्सिलाई हम्मे हम्मे परिरहेको खुलस्त पार्नुभयो । सामान्य मानिसले साइवर हमला तथा साइवर अपराध भनेर बुझ्ने गतिलो उदाहरण अहिलेको सोसल मिडियाको गलत प्रयोग नै भएको दाबी कार्कीले गर्नुभयो । क्षेत्रअनुसार साइवर अपराधका प्रकृति फरक फरक भए पनि साइवर हमला नेपालकै अहिले सूचना प्रविधि प्रयोगको मुख्य चुनौती हो । अपराधीहरुले सूचना प्रविधिमार्फत अपराध गर्न थालेकाले कसरी आफ्नो डाटा सुरक्षा सुरक्षित गर्ने भन्ने नै अहिलेको मुख्य चुनौती भएकोछ, अध्यक्ष बोर्ण काकीले भने । त्यसैले सचना प्रविधिको प्रयोग गर्दै गर्दा हामी हाम्रो स्ुचना र डाटा सुरक्षमा सचेत रहनुपर्नेतर्फ कार्कीले कार्यक्रममा सहभागीहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

सूचना प्रविधि बिभागका महानिर्देशक बीरेन्द्र कुमार मिश्रले आइटी पत्रकार मञ्चले समय सान्दर्भिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेकोमा विशेष धन्यवाद दिनुभयो । साइवर थ्रेटसँगै बढ्दो साइवर अपराधका लागि साइवर ल को उचित व्यवस्थापन र कार्यान्वयन हुनुपर्ने माग उठेकोले बिभागको ध्यानकर्षण भएको बताउँनुभयो । साथै साइवर ल को साइवर आक्रमणबाट जोगिने पहिलो खुट्किलो भनेको चेतना भएकोले स्कूल कलेजमा साइवर अपराधका चेतनामुलक कार्यक्रमहरु सञ्चालन गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा गर्नपर्नेमा सबैको सकारात्मक सोचको विकास हुनुपर्नेमा महानिर्देशक मिश्रले जोड दिनुभयो ।५

नेपालमा साइवर थ्रेटको अवस्था बढेर गएकाले साइवर अपराधका घटनाहरुमा बृद्धि हुदै गइरहेको छ । बैंक तथा बित्तिय क्षेत्रमा साइवर थ्रेटका घटनाहरु बढेर गएको पछिल्लो अध्ययन अनुसन्धानले देखाएको छ । नपालमा बढ्दो साइवर थ्रेटसँगै साइवर सुरक्षाको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । त्यसैले साइवर थ्रेट, साइवर अपराध र साइवर अपराधबिरुद्धको अभियान अहिलेको आवश्यकता हो । यसै विषयलाई मध्यनजर राखेर आइसिटी पत्रकार विकास मञ्चले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमका फोटो झलकहरु :

४

७८९१०१११  ५९६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?