Breaking News

इन्टरनेट विना चल्ने भो गुगल म्याप

Feb Tue 2020 05:40:18

600 views

इन्टरनेट विना चल्ने भो गुगल म्याप

गुगलले उसको लोकप्रिय प्रडक्ट गुगल म्याप अब इन्टरनेट नहुँदा पनि चल्न मिल्ने बनाएको छ । इन्टरनेटको पहुँच नहुँदा र दुर्गम ठाउँमा जाँदा पनि आफ्ना प्रयोगकर्ताहरुले ठाउँ र भौगोलिक अवस्थाको बारेमा जानकारी पाउन् भन्ने उद्देश्यले गुगगले यो सेवा सुरु गरेको हो । गुगलले हालसालै गुगल म्यापको नयाँ एन्ड्रोइड एप सार्वजनिक गरेको छ । यसैको माध्यमबाट इन्टरनेट सुविधा उपलब्ध नभएका बेला ठाउँको जानकारी, बाटो, व्यावसायिक प्रतिष्ठान तथा सम्पर्क नम्बर खोज्न सहयोग गर्नेछ । तर यस्तो सुविधा लिनका लागि प्रयोगकर्ताले जानकारी लिन चाहेको क्षेत्रका बारेमा पहिले नै जानकारी मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ । अहिले एन्ड्रोइडका लागि मात्रै बनाइएको एप चाँडै नै आइओएसका लागि पनि बनाइने गुगलले जनाएको छ । आफूले अफलाइन भएका बेला जानकारी लिन चाहेको क्षेत्र डाउनलोड गरेपछि अफलाइन तथा अनलाइन जुन कुनै अवस्थामा पनि काम गर्ने गुगलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?