Breaking News

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ

Feb Wed 2020 02:40:59

1197 views

काठमाण्डौका ६ स्थानमा निशुल्क वार्इफार्इ सेवा छ
काठमाडौं महानगरपालिकाले ६ स्थानमा निशुल्क वाइफाइ सेवा दिने भएको छ।  अब काठमाण्डौ माहानगरपालिकाको हनुमान ढोका, पशुपति, स्वयम्भु, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन गर्नलागेको महानगरपालिले जानाकारी दिएको छ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरे । सम्झौता अनुसार वल्र्ड लिकंले ६० दिन भित्रमा सम्पुर्ण काम सकी निशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याउने छ। यसमा महानगरपालिकालाई कुनै पनि आर्थिक दाइत्व पर्ने छैन। आर्थिक तथा प्राविधिक पक्ष सबै वल्र्ड लिकंले व्यवस्था गर्ने समझदारीमा उल्लेख गरिएको छ। यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन्। वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ। तर ३० मिनेटपछि आफै डिसकनेक्टसमेत हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?