Breaking News

शुक्रबार निजी कारलाई तेल दिइने ४५ पम्पको (सूचीसहित)

Feb Tue 2020 05:40:53

511 views

शुक्रबार  निजी कारलाई तेल दिइने ४५ पम्पको (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबार ७ देखि १० नम्बर लटका निजी कार तथा जीपका लागि पेट्रोल वितरण गर्दैछ ।

शुक्रबार ४५ वटा पम्पबाट निजी कारलाई तेल वितरण हुने आयल निगमले जनाएको छ । एउटा कारले १५ लिटरका दरले तेल भर्न पाउनेछ ।

शुक्रबारका लागि सबै पम्पमा बिहीबार बेलुकी नै तेल पुर्‍याइने छ । शुक्रबार बिहान ९ बजेदेखि तेल वितरण सुरु हुने आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

पेट्रोल भर्नको लागि नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको छ । भारतबाट पेट्रोलियम पदार्थको आयात बढेपछि निजी चार पांग्रे सवारीलाई तेल वितरण थालेको निगमले बुधबार १ देखि ६ लटका कारलाई तेल दिइसकेको छ ।

अब २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउनेछन् ।

शुक्रबार निजी कारलाई तेल वितरण हुने पम्पको सूची हेर्नुस्

petrol-24-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?