Breaking News

साइबर क्राइमबाट कसरी बच्ने ?

Feb Tue 2020 05:40:18

480 views

साइबर क्राइमबाट कसरी बच्ने ?

हरेक व्यक्तिको साइबर गतिविधिबारे धेरै देश, जासुुसी संस्था तथा व्यावसायिक कम्पनी र व्यक्तिगत तहबाट समेत व्यापक निगरानी हुने गरेको छ । तपाईँले थाहै नपाई एण्टी टेरोरिज्म र एण्टी इण्टलिजेन्सियाको नाममा संस्थागत निगरानीदेखि आपराधिक वा व्यावसायिक फाइदाका लागि तपाईँको गोपनियता चोरी भइरहेको हुन सक्छ । तपाईँबाट चोरिएको जानकारी विभिन्न अपराधिक काममा प्रयोग गरिएको हुन सक्छ । त्यसैले यसप्रति संयम हुनु जरुरी छ । यस्ता खाले अपराधबाट कसरी बच्ने त ? हेर्नुस् ५ सरल उपायहरु :

पासवर्ड परिवर्तन साइबर दुनियाँमा सबैभन्दा महत्वपूर्ण वस्तु भनेको पासवर्ट नै हो । त्यसैले, आफ्नो ईमेल तथा अन्य अनलाइन एकाउण्टको पासवर्ड कम्तीमा पनि महिनामा एकपटक परिवर्तन गर्ने गर्नुपर्छ ।

नो बैंकिङ एप्स अनलाइनको दुनियाँमा सबैभन्दा बढी सुरक्षा खतरा रहेको वस्तु भनेको बैंक खाता हो । क्रेडिट कार्डहरूमा केही हदसम्म फ्रड पोटेक्शन हुने भए तापनि चल्ती तथा बचत खातामा भने खासै बलियो सुरक्षा उपाय अपनाइएको हुँदैन । अनलाइन बैंकिङ तथा शपिङ एकै कम्प्युटरबाट गरिरहनुभएको छ भने त्यो तपाईँका लागि खतराजनक सावित हुन सक्छ ।  त्यसैले, अनलाइन बैंकिङ कारोबार गर्दा होशियार हुनुपर्छ । मोबाइल बैंकिङ झन् असुरक्षित छ । मोबाइलका एप्सहरूबाटै बैंकिङ जानकारीको चोरी भइरहेको पनि हुन सक्छ । त्यसैले, यस विषयमा विशेष संयमता अपनाउनु जरुरी हुन्छ । cyber crime

चेकआउटमा गलत ठेगाना तपाईं कुनै स्टोरबाट सामान किन्दै हुनुहुन्छ वा अनलाइन शपिङ तथा ईसेवा लिँदै हुनुहुन्छ भने त्यो विक्रेता वा सेवाप्रदायकले हरेकपटक तपाईंलाई जिप कोड वा फोन नम्बर माग्न सक्छन् । उनीहरू तपाईंको सम्पर्क ठेगानामा पहुँच पाउन सधैं प्रयासरत हुन्छन् । त्यस्तोमा यदि तपाईंले आफ्नो जिप कोड, फोन नम्बर वा वास्तविक ईमेल ठेगाना दिनुभयो भने उसको डाटाबेसमा तपाईं दर्ता हुनुहुनेछ । त्यस्तो सम्पर्क सूत्रको सहयोगमा उनीहरूले तपाईंका धेरै व्यक्तिगत जानकारी सजिलै हत्याउनेछन् । यसपछि तपाईंलाई सामान बेच्नेदेखि, ठगी र अन्य आपराधिक काममा समेत प्रयोग गर्न सक्नेछन् । त्यसैले, यस्तोमा सकेसम्म वास्तविक जानकारी कम दिनु उत्तम हुन्छ । परिचयपत्रको सुरक्षा फोटोसहितको परिचयपत्र देखाउनुपर्ने अवस्थामा आफ्नो सवारीचालक लाइसेन्स, पासपोर्ट वा अन्य संवेदनशील खालका कुनै पनि परिचयपत्रको गोपनीयताको सुरक्षामा ध्यान दिनुपर्छ । कहिल्यै पनि आवश्यकभन्दा धेरै जानकारी नदिनु नै सुरक्षाको उत्तम उपाय हो । यस्ता परिचयपत्रमा तपाईंको जन्ममिति र ठेगानाजस्ता जानकारी हुने भएकाले आपराधिक काममा समेत त्यसको प्रयोग हुन सक्ने सम्भावना रहन्छ ।

ईमेल ठेगाना अनलाइनको दुनियाँमा तपाईंले थुप्रै पटक ईमेल ठेगाना भर्नुपर्ने हुन सक्छ । विभिन्न कम्पनी तथा सेवाप्रदायकले पनि तपाईंसँग इमेल ठेगाना माग्न सक्छन् । यस्तोमा जंक ईमेल ठेगानाको प्रयोग गर्नु राम्रो हुन्छ ताकि जंक ईमेल ठेगाना ह्याक भए पनि वास्तविक ठेगाना सुरक्षित रहोस् । साथै, यसले तपाईँलाई स्पाम र विज्ञापनका मेलबाट पनि बचाउँछ । (एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?