Breaking News

बैंकका सेयर सञ्चालकलाई अनिवार्य बैंकिङ तालिमको नयाँ मौद्रिक नीति ल्याउदै राष्ट्र बैंक

Feb Tue 2020 05:40:24

257 views

बैंकका सेयर सञ्चालकलाई अनिवार्य बैंकिङ तालिमको नयाँ मौद्रिक नीति  ल्याउदै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई राष्ट्र बैंकले अनिवार्य तालिमको व्यवस्था गर्ने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौंद्रिक नीतिमा सञ्चालकहरुलाई अनिवार्य अभिमूखीकरण तालिम दिलाउने ब्यवस्था गर्न लागेको हो । सेयर लगानी गरेवापत सञ्चालक बनेका कतिपय सञ्चालकहरुमा ज्ञानको अभाव पाइएको तथा उनीहरुले सही निर्णय गर्न सकुन् भन्ने उद्देश्यले अनिवार्य तालिमको व्यवस्था गर्न लागिएको हो । सञ्चालकहरुको ज्ञानको दायरा कमजोर भएकाले परिपक्क निर्णय गर्न चुकेको पाइएको छ । यसैलाई ख्याल गर्दै मौद्रिक नीतिबाट अभिमूखीकरण तालिमको व्यवस्था गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?