Breaking News

अब पुरुषका लागि गर्भनिरोधक सुइ आयो एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क

Feb Wed 2020 02:40:50

544 views

अब पुरुषका लागि गर्भनिरोधक सुइ आयो एक पटक लगाएपछि वर्षदिनलाई ढुक्क

पुरुषहरुको यहीँ प्रतिक्षाको घडी समाप्त पार्दै वैज्ञानिकहरुले पुरुषका लागि पनि महिलाको तिन महिने संगिनी सुइ जस्तै अस्थाइ गर्भ्निरोधक सुइको आविष्कार गरेका छन् ।

पुरुषका लागि विकशित गरिएको यो गर्भ्निरोधक सुइ एक पटक लगाएपछि कण्डम नलगाइकन एक वर्षसम्म ढुक्क सँग सहवास गर्न सकिनेछ र त्यस्तो सुइ लगाएको पुरुषसँग एक वर्ष्भित्रमा सहवास गर्ने महिलामा गर्भ रहनेछैन ।

अमेरिकाको पारसेमन फाउण्डेसनका वैज्ञानिकहरुले यस्तो पुरुष गर्भ्निरोधक सुइको आविष्कार गरेको बताइएको छ ।

शोधकर्ताहरुले खरायोमा यो सुइको परीक्षण गर्दा त्यसले सकारात्मक नतिजा दिएको र त्यस्तो सुइ लगाएको भाले खरायोले एक वर्षसम्म पोथीलाई गर्भिणी बनाउन नसकेको पाइएको छ ।

अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डोनाल्ड वाल्लरले खरायोमा गरिएको परीक्षणका क्रममा प्राप्त नतिजा आशा गरिएको भन्दा उत्कृष्ट रहेको बताएका छन् । खरायोमा प्रयोग भएको यो सुइलाई परिस्कृत गरी मानिसका लागि गर्भ्निरोधक सुइको रुपमा समेत प्रयोग गर्न सकिने विश्वास शोधकर्ताहरुको छ ।

वैज्ञानिकहरुले उक्त पुरुष गर्भ्निरोधक खोपलाई भेसल जेलको नाम दिएका छन् । अब छिटै मानिसमा यसको परीक्षण सुरु गर्ने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?