स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ । विश्वकै तिव्र गतिको तेज क्यामराले गतिवान गोली र प्रकाशको प्रसार समेत खिच्न सक्ने वैज्ञानिकले दाबी गरेका छन् । यो क्यामराले सुरुमा केही इमेजलाई सिंगल फ्रेममा क्याप्चर गर्दछ । शटर खुल्ला रहन्छ र उसले वस्तुमाथि लेजर प्रकाश फ्याँक्दछ । हरेक लेजर फ्लास भिजुअल्ली कोडिङ हुन्छ जसले अर्को तस्वीरमा असर गर्दैन ।