Breaking News

वैज्ञानिकले कार्बनडाइअक्साइड सोस्ने मेसिन बनाए

Feb Tue 2020 05:40:54

477 views

वैज्ञानिकले कार्बनडाइअक्साइड सोस्ने मेसिन बनाए
स वैज्ञानिकहरुले यस्तो प्रविधिको विकास गरेका छन् जसले वायुमण्डलमा रहेको कार्वनडाइअक्साइड सोस्न सक्दछ । वायुमण्डलमा कार्वनडाइअक्साइडको मात्रा उच्च हुँदा हरितगृह प्रभाव बढेको र जलवायु परिवर्तन भएको परिप्रेक्ष्यमा कार्वनडाइअक्साइड सोस्ने प्रविधिको विकास हुनुलाई यस दिशामा क्रान्तिकारी उपलब्धी मानिएको छ । वायुमण्डलमा कार्वनडाइअक्साइको मात्रा ०.०४ प्रतिशत छ । तर औद्योगिक युग सुरु हुनुअघि भन्दा अहिले वायुमण्डलमा कार्वनडाइअक्साइडको घनत्व तिव्र रुपमा बढिरहेको वैज्ञानिकहरुले बताएका छन् । के हो यो प्रविधि ? जूरिचको बाहिरी इलाकास्थित हिनविल रिसाइक्लिंग केन्द्रको बाहिर १८ वटा विशाल पंखा भएको मेसिन जडान गरिएको छ । हरेक पंखा एउटा वासिङ मेसिनको आकारका छन् । यी पंखाले आसपासको हावालाई आफुतर्फ खिच्दछन् । पंखालको भित्री भागमा रहेको रसायनको पत्रयुत्तः फिल्टरले कार्वनडाइअक्साइडलाई सोसेर लिन्छ । जब यो फिल्टर १ सय डिग्री सेल्सियस सम्म तातो हुन्छ तब शुद्ध कार्वनडाइअक्साइडलाई एकत्रित गर्दछ । यो प्रविधिलाई डाइरेक्ट एयर क्याप्चर सिस्टमको नाम दिइएको छ । स्विस कम्पनी क्याइमवक्र्सले यो तयार गरेको हो । यो मेसिनले एक वर्षमा वायुमण्डलको ९ सय टन कार्वनडाइअक्साइडलाई सोस्न सक्दछ । कम्पनीले उक्त कार्वनडाइअक्साइडलाई ६ सय डलर प्रतिटनको मूल्यमा तरकारी उत्पादकलाई बेच्दछन् । वास्तवमा शुद्ध कार्वनडाइअक्साइड माछादेखि लिएर कंक्रिट बनाउन, कार सिट देखि लिएर टुथपेष्ट बनाउन तथा तेल उत्खनन देखि लिएर इडिजेल बनाउने लगायतमा प्रयोग गरिन्छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?