Breaking News

बिजुलीको बिल तिर्न ‘प्रभू बिलिङ’ सेवा

Feb Wed 2020 02:40:51

684 views

बिजुलीको बिल तिर्न ‘प्रभू बिलिङ’ सेवा

बिजुलीको बिल तिर्न प्रभू समूहबाट कारोबार गर्ने ग्राहकलाई सम्पूर्ण प्रभू बिलिङ कम्पनी सञ्चालनमा आएको छ । प्रभू बिलिङले ‘पाइलट प्रोजेक्ट’कारुपमा कास्कीको पोखरा, चितवनको भरतपुर र ललितपुरको लगनखेलस्थित नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्रको बिल उठाउने काम सुरु गरिसकेको जनाएको छ । उपभोक्ताको समय र श्रमको बचत होस भनेर बिजुलीको बिल तिरिदिने कम्पनी स्थापना गरेको पौडेलले जानकारी दिए ।bill प्रभू म्यानेजम्यान्ट अन्गर्तका प्रभू अन्तर्गतका ५ हजार सहकारी संस्था, प्रभू मनि ट्रान्सफरका १२ सय एजेन्ट, प्रभू बैंकका १ सय १२ वटा शाखाबाट उपभोक्ताको बिजुलीको बिल संकलन गरिने प्रभु बिलिङले जनाएको छ ।dakchya-poudle,-prabhu-grup बिल भुक्तानीका लागि सहजिकरण गरेबापत प्रभू समूहले उपभोक्ताबाट झिनो रकम सेवा शुल्कका रुपमा लिने छ ।

बिलको आकार सेवा शुल्क
१ देखि ८० रुपैयाँसम्म १० रुपैयाँ
८१ देखि ३६५ रुपैयाँसम्म १५ रुपैयाँ
३६६ देखि ७९५ रुपैयाँसम्म २५ रुपैयाँ
७९६ देखि १७६५ रुपैयाँसम्म ३० रुपैयाँ
१७६६ देखि ४४०० रुपैयाँसम्म ३५ रुपैयाँ
४४०१ देखि ६९०० रुपैयाँसम्म ४५ रुपैयाँ
६९०१ देखि ५०००० रुपैयाँसम्म ५० रुपैयाँ
५०००१ रुपैयाँ देखि माथि ६० रुपैयाँ
विद्युत उत्पादन तथा वितरण गर्ने सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणसँग प्रभू बिलिङले बिजुलीको बिलको भुक्तानी उठाइदिने सम्झौता गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?