काठमाडौं । माइक्रोसफ्टले अपरेटिङ सिस्टम विन्डोज ७ लाई बन्द गर्ने भएको छ । हालै माइक्रोसफ्टले विन्डोज ७ का प्रयोगकर्ताहरुलाई नोटिफिकेशन पठाउन सुरु गरेको छ । जसमा कम्पनीले अब विन्डोज ७ अपरेटिङ सिस्टमको लागि अपडेट उपलब्ध नगराउने भनिएको छ ।
माइक्रोसफ्ट प्रयोगकर्ताहरु विन्डोज ७ बाट विन्डोज १० मा अपग्रेड हुन् भन्ने चहान्छ । तर नोटिफिकेशनमा विन्डोज १० को बारेमा केहि लेखिएको छैन । तर नोटिफिकेशनको तल लर्न मोरमा क्लिक गरे युजर विन्डोज ७ को वेबसाइटमा पुग्छन् जहां यूजरलाई आफ्नो पीसी अपग्रेड गर्ने सलाह दिइएको छ ।
कम्पनीले २२ जुलाई २००९ मा विन्डोज ७ सार्वजनिक गरेको थियो । मे महिनाको सुवातमै कम्पनीले विन्डोज ७ बन्द गर्ने नोटिफिकेशन दिने निर्णय गरेको थियो । कम्पनीद्वारा दिइएको नोटिफिकेशन विन्डोज अपडेटको नोटिफिकेशन जस्तै रहेको छ ।
प्रयोगकर्ताका लागि नयाँ अपडेट विन्डोज अपडेट अपशनमा उपलब्ध हुनेछ । यदि यूजरले अटोमेटिक अपडेटको अपशन रोजेको भए , अपडेट आफै डाउनलोड र इन्स्टल हुनेछ । यदि यूजर बार-बार नोटिफिकेशन नचाहिए उसले 'डु नट रिमाइन्ड अगेन' को अपशन चुन्नुपर्नेछ ।