Breaking News

एनसेलको रिचार्जमा बोनस उपहार : एक हजारको रिचार्जमा एक हजार नै बोनस

Feb Wed 2020 02:40:50

533 views

एनसेलको रिचार्जमा बोनस उपहार : एक हजारको रिचार्जमा एक हजार  नै बोनस

काठमाडौं । एनसेलले रिचार्जमा आकर्षक बोनस पाइने ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । यस योजनामा ग्राहकले दुई सय रुपैयाँभन्दा माथिको रिचार्ज गर्दा प्रत्येक रिचार्जको रकम अनुसार सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्मको बोनस पाउन सक्छन् ।

ग्राहकले दुई सय रुपैयाँको रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्ने कम्पनीले जनाएको छ । तीन सयको रिचार्ज गर्दा ७ दिन समयसिमा भएको दुई सयको बोनस पाउनेछन् ।

यसैगरी, पाँच सय र हजारको रिचार्ज गर्ने ग्राहकले क्रमशः चार सय र हजार रुपैयाँ बोनस प्राप्त गर्नेछन् । पाँच सयको रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुनेछ भने हजारको रिचार्ज गरे बापत हजार नै बोनस उपयोगका लागि भने १४ दिनको समयसिमा हुनेछ ।जेठ १० गतेदेखि भदौ ४ गतेसम्म सञ्चालन हुने योजनमा एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?