Breaking News

राष्ट्रियस्तरका ३ विकास बैंकको हकप्रद शेयर आउँदै

Feb Tue 2020 05:40:57

314 views

राष्ट्रियस्तरका ३ विकास बैंकको हकप्रद शेयर आउँदै

नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिसम्बन्धि नीतिअनुरुप राष्ट्रियस्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म चुक्ता पुँजी दुई अर्ब ५० करोड पुर्याउनुपर्ने हुन्छ । सोही अनुरुप चुक्तापुँजी पुर्याउन राष्ट्रिय स्तरका विकास बैंकहरु लागीपरेका छन् । यस्ता बैंकहरुले पुँजी वृद्धिका लागि हकप्रद निष्काशनको बाटो अपनाएका छन् । जसमध्ये, माउण्ट मकालु, देवः र त्रिवेणी विकास बैंक यतिबेला हकप्रद निष्काशनको क्रममा छन् । हेर्नुस् कुन विकास बैंकको हकप्रद शेयर कहिले आउँदैछ ?

माउण्ट मकालुको ३ लाख ९० हजार कित्ता माउण्ट मकालु डेभलपमेण्ट बैंकले धितोपत्र बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाए लगत्तै १ बराबर १ दशमलव ५० कित्ता हकप्रद निष्काशनका लागि शेयरधनी पुस्तिका बन्दको सुचना निकालेको छ । बैंकले १ सय ५९ प्रतिशतले हुन आउने ३ लाख ९० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनका लागि बैंकले यहि साउन २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार बैंकको हकप्रद भर्न चाहने लगानीकर्ताले साउन २० गतेसम्ममा शेयर खरिद गरिसक्नु पर्नेछ ।

देवःको ५० प्रतिशत हकप्रद देवः विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ । देवः विकास बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भनी सञ्चालक समितिले गरेको निर्णय पारित गराउनका लागि विशेष साधारण सभा बोलाएको हो । बैंकले साउन २८ गते साधारण सभा आह्वान गरेको छ । विशेष साधारण सभा प्रायोजनका लागि बैंकले साउन २० देखि २८ गतेसम्म शेयरधनी पुस्तिकका बन्द रहने जनाएको छ ।

त्रिवेणीको ८२ लाख कित्ता त्रिवेणी विकास बैंकले पनि चुक्ता पूँजी बढाउनका लागि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा प्रति २ बराबर १ कित्ताका दरले हुन आउने ८२ लाख १ सय ५२ कित्ता हकप्रद शेयर निष्काशनको स्वीकृतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?