सोम्नक्स रोवर्ट वास्तवमा मानवजस्तो नभइ बदाम आकारको सिरानी जस्तो छ । तर, पनि यसले मानिसको जस्तो अनुभूति दिलाउँछ । यो रोवटले तपाईंलाई निदाउन सहयोग गर्नेगरी सहयोग गर्छ ।
रोबोटमा भएको बटन थिचेपछि यसले श्वासप्रश्वास लिन थाल्छ । विद्युतको प्रवाह नियन्त्रण गर्न रोबोटमा नरम भाग हुन्छ, त्यसले श्वास तान्ने र फ्याँक्ने काम गर्छ ।
तपाईंसँग रहने कुनै मोबाइल सेटको एप्लिकेसनमा रोबोटबाट कति समयमा कति समयसम्म श्वासप्रश्वास गर्ने भन्ने ‘सेट’ गर्न सक्नुहुनेछ ।
रोबोटसँग सुत्दा तपाईंलाई आफ्नै पार्टनरसँग सुतेको अनुभूति हुनेछ । रोबोट हल्का कडा र गह्रौं छ, जुन दायाँबायाँ चलाउन केही असहज हुनसक्छ, सुतिरहँदा ।
यसलाई चार्ज गर्नुपर्छ, एकपटक चार्ज गरेपछि आठ घण्टासम्म धान्छ । तपाईंलाई आफ्नो श्वासप्रश्वास रोबोटसँग जोडिएकोजस्तो नलाग्नसक्छ तर, तपाईंलाई असिम आनन्दको अनुभव भने हुनेछ ।
रोबोटमा स्पिकर पनि हुन्छ, जसबाट तपाईं विभिन्न प्रकारका मिठा धून सुन्दै मस्तसँग निदाउन सक्नुहुन्छ । यो रोबोटको मूल्य पाँच सय ३० डलरमा तोकिएको छ ।